गोरखा, ५ कार्तिक । गोरखाको शहिद लखन गाउँपालिकामा आज एकै दिन २० जना कोरोना संक्रमित थपिएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा शहिद लखन गाउँपालिकाका ९ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
संक्रमतिहरुमा २ वर्षको वालिका समेत रहेकि छिन्। संक्रमितहरु मध्य ४६, २६, ९, ३७, ५६, ८६, ३५, ९, २ वर्षकी महिलाहरु छिन् भने ३२, ३८, ३८, ५५, ३२, १३, ४२, १४, २४, ८, ४६ वर्षका पुरुष रहेका छन्।
शहिद लखन गाउँपालिकामा थपिएका संक्रमित मध्य मनकामनाका मात्रै १५ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। यस्तै बाँकि संक्रमितहरुमा शहिद लखन गाउँपालिका ६ घैरुङका रहेको उहाँले बताउनुभयो।
उनीहरु सबै कन्ट्याक ट्रेसिङकाहरु रहेको र होम आईसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिनुभयो।
यसैगरी आजै गोरखाको गण्डकी गाउँपालिकाका २ जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु २४ र ४४ वर्षकी महिला रहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।