Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा गोरखाको बारपाकमा मिनि अक्सिजन प्लाण्ट जडान हुदै

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा गोरखाको बारपाकमा मिनि अक्सिजन प्लाण्ट जडान हुदै

images

इच्छाकामना न्युज

३१, जेठ २०७८
महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा गोरखाको बारपाकमा मिनि अक्सिजन प्लाण्ट जडान हुदै
images

 गोरखा, ३१ जेठ । कोरोनाको चपेटामा परेको बारपाकमा अक्सिजन प्लाण्ट निर्माण भइरहेको छ । दुई, तीन दिनभित्रै सञ्चालनमा आउने गरी प्लाण्ट जडानको काम भइरहेको स्थानीय वीरबहादुर घलेले जानकारी दिए ।

बारपाक स्वास्थ्यचौकी नजिकै रहेको महिला समूहको भवनमा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजनप्लाण्ट धमाधम जडानको काम भइरहेको सो कार्यक्रमको अगुवाइ गरिरहेका वीरबहादुर घलेले जानकारी दिए ।

महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले निशुल्क रुपमा अक्सिजन प्लाण्ट जडान गरेको तथा स्वास्थ्य उपकणहरु प्रदान गरेको घलेले बताए । ‘अहिले जडान हुदै गरेको ७० लिटर क्षमताको अक्सिजनप्लाण्ट हो’, उनले भने, ‘अबको दुईतीन दिनभित्र जडानको काम सम्पन्न भई सञ्चालनमा आउने छ ।’

त्यहाँ निर्माण गरिएको नौ बेडको आइसोलेशन बेडमा अक्सिजन जोडिनेछ । यसका लागि आठ किलोवाट क्षमताको विद्युत आवश्यक पने उनले बताए । ‘विद्युत त हामीसित छँदैछ, कहिलेकहीँ लाइन अबरुद्ध हुँदा व्याकअपका लागि पनि हामीसँग जेनेरेटर तयारी अबस्थामा छ’, उनले भने ।

भूकम्पका बेला जडान गरिएको ५० किलोवाट क्षमताको जेनेरेटर तयारी अबस्थामा रहेको उनले बताए । ‘हामीसँग पहिल्यैको ठूलो जेनेरेटर पनि छ । फेरि अहिले अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गर्न र अरु कम क्षमताको विद्युत चाहिएका बेला प्रयोग गर्न ६ किलोवाटको जेनेरेटर पनि जडान गरेका छौँ । बर्खाका बेला बाटो अबरुद्ध हुन सक्ला भनेर त्यसलाई आवश्यक पर्ने तीनसय लिटर इन्धन पनि सञ्चित गरिराखेका छौँ’, उनले भने ।

यसअघि जडान गरिएको नौ बेडमा केही बेड थप गर्न लागिएको उनको भनाइ छ । ‘अहिले चलिरहेको हेल्थपोष्टलाई स्तरोन्नति गरी ११, १२ बेडको अस्पताल बनाउने हाम्रो योजना छ’, घलेले भने, ‘त्यहाँ रगत, खकार, दिसा, पिसाब परीक्षण गर्ने मिनिल्याब सञ्चालन गर्न सामान जुटाइरहेका छौँ ।’

त्यसका लागि वैदेशिक रोजगारीको क्रममा इराकमा रहेका २०, २२ जना बारपाकीले आर्थिक सहयोग गरेको उनले बताए ।

अस्पताल स्थापना भइसकेपछि दिनहूँ विशेषज्ञ चिकित्सक राख्न नसकेमा हप्तैपिच्छे विभिन्न रोगका विशेषज्ञ चिकित्सक निम्त्याएर उपचार सेवा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - ०९:१५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology