Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको उपचारको क्रममा निधन 

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको उपचारको क्रममा निधन 

इच्छाकामना न्युज

६, आषाढ २०७८
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको उपचारको क्रममा निधन 

काठमाण्डौ, ६ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको उपचारको क्रममा निधन भएको छ । उहाँको गएराति ललितपुर स्थित मेडिसिटी अस्पतालमा निधन भएको नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो ।

images

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकोमा सुधार नआएपछि थप उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । काँग्रेस सुर्खेतका पूर्व सभापति समेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो । 

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०९:१३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology