Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङ धुनिबेसीको खड्का गाउँबाट जुवा खेल्दै गर्दा ४ जना पक्राउ

धादिङ धुनिबेसीको खड्का गाउँबाट जुवा खेल्दै गर्दा ४ जना पक्राउ

इच्छाकामना न्युज

१४, कार्तिक २०७७
धादिङ धुनिबेसीको खड्का गाउँबाट जुवा खेल्दै गर्दा ४ जना पक्राउ

धादिङ, १४ कार्तिक । धादिङको धुनीबेसी धुनीबेसी नगरपालिका ९ स्थित खड्का गाउँमा जुवाखेली रहेको अवस्थामा प्रहरीले छापामारी ४ जनालाई पक्राउ गरेको छ ।

images

खड्का गाउँमा जुवा खेली रहेको भन्ने सूचना आएपछि छापा मारिँदा बिहिबार साँझ ९ बजे शिव न्यौपानेको घरमा जुवातास खेलिरहेका ४ जनालाई जुवाको खालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीयहरु २७ महेश लोहनी, ३५ वर्षिय दिपक रानाभाट, २६ वर्षिय रुपचन्द खत्री, ३७ वर्षिय सबिन पाण्डे रहेको छन् भने शिव न्यौपाने र भोटे भन्ने सुनिल खत्री भागेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

जुवाको खालबाट नगद ५२ हजार ५०५ र ३ बुक तास समेत बरामद गरिएको छ भने पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको बताईएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०९:५८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology