Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ग्लोबल गोरखा समाज मार्फत गोरखाका हरेक स्थानीय तहले १/१ लाख पाउने

ग्लोबल गोरखा समाज मार्फत गोरखाका हरेक स्थानीय तहले १/१ लाख पाउने

इच्छाकामना न्युज

१४, कार्तिक २०७७
ग्लोबल गोरखा समाज मार्फत गोरखाका हरेक स्थानीय तहले १/१ लाख पाउने

गोरखा १४, कार्तिक ।  ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदको संरक्षक  समितिले  गोरखा सबै स्थानीय तहहरुलाइ स्वास्थ कोरोना संक्रमण विरुद्ध लड्न सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य समाग्री उपलब्ध गराउने भएको छ । भर्खरै मात्र गठन भएको ७ सदस्यीय संरक्षक समितिले गोरखाका ११ वटै स्थानीय तहहरुलाई १/१ लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री उपलब्ध गराउने निर्णय गरेको हो ।
समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको हो । जसको संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी), सामाजिक अभियन्ता डा.विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (युके), एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल (फ्रान्स) र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने (अमेरिका) लाई मनोनित गरेको छ ।

images

ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनय अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्य समिति, सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिने छ ।

त्यसैगरी, अक्टोवर २४ तारिखमा सम्पन्न समाजको भर्चुअल बैठकले उपाध्यक्षमा रस्मि थापा मगर (क्यानडा), कोषाध्यक्षमा आकाश बन्जारा (हङकङ) र सहकोषाध्यक्षमा बमबहादुर गुरुङ (युके) लाई नियुक्त गरेको छ ।

बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्ने गरी ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १०:०१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology