Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँमा ५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

तनहुँमा ५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

रासस

१०, आषाढ २०७८
तनहुँमा ५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ
images

तनहुँ, १० असार । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

images
images

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १४:४९:२९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology