काठमाण्डौं, १७ कार्तिक
फिलिपिन्समा शक्तिशाली समुद्री आँधी आएको छ। आँधीका कारण १० जनाको मृत्यु भएको छ। तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ। घर तथा भवनहरु भत्किएका छन्। यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको बीबीसीको खबरमा उल्लेख छ ।
अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको बताएको थियो । तर कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।