Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँका सांसद किसानको भोटले तरङ्गित तनहुँ

तनहुँका सांसद किसानको भोटले तरङ्गित तनहुँ

उज्वल पौडेल

४, श्रावण २०७८
तनहुँका सांसद किसानको भोटले तरङ्गित तनहुँ

कृष्ण कुमार श्रेष्ठ ‘किसान’ श्रेष्ठ पछिल्ला केही बर्षमा केपी ओलीका खास मान्छेका रुपमा परिचित थिए । तर आइतबार संसदमा भएको प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको लिने क्रममा सांसद श्रेष्ठले माधव नेपाल पक्षधर भएर मत प्रकट भएपछि तनहुँको राजनीति तरङ्गित भएको छ ।

images

नेकपा एमाले तनहुँमा पछिल्लो समय ओली गुटमा सक्रिय रहेका श्रेष्ठले एकाएक किन माधव नेपाल खेमामा आए । बिभिन्न कोणबाट बहष शुरु भएका छन् । जिल्लामा रहेका नेपाली कांग्रेस,नेकपा माओावदी केन्द्र र नेकपा एमालेका दुवै खेमाका कार्यकताहरु समेत के भयो भन्ने प्रश्नमा नै रनभुल्लामा रहेका छन् ?

मन्त्री हुने सपनाः

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद श्रेष्ठलाई मन्त्री बनाउने आश्वासन पटक–पटक दिएको उनले निकटवर्ती नेताहरुलाई समेत भन्ने गद्थे । तर ओली सरकारमा धेरै पटक सरकारमा मन्त्रीहरु परिर्वतन हुदाँ समेत उनले स्थान पाउन सकेका थिएन् । उनको मन्त्री बन्ने सपनामा जिल्लाकै नेताहरुको समेत तगारो बनेको सांसद श्रेष्ठले महशुष गरेका थिए ।

पछिल्लो पटक राम बहादुर थापा पत्नी नैनकाला थापा लगायत रघुविर महासेठको बुढाबुढी पालै पालो मन्त्री हुँदा समेत आफुले अवसर नपाएको दुखेसो ओलीकोमा गएर श्रेष्ठले गरेका थिए । जिल्लाका नेता कार्यकताहरुको अनौपचारीक भेटघाटमा समेत ओलीले संसद विघटन गरेको घटनाको गलत भने पनि बाहिरी रुपमा ओली पक्षमा कम्मर कसेर लागको थिए ।

यसपटक अदालको फैसलाले पार्टीको निर्देशन नमाने पनि कारवाही नहुने भनेपछि सांसद श्रेष्ठलाई मन्त्री पाए गुट परिर्वतन गर्न नै कार्याकताहरुले दवाव दिएका थिए । सायद त्यही मन्त्री हुने सपनाले गर्दा श्रेष्ठले क्याम्प चेन्ज गरेको चर्चा अहिले कार्याकता बृत्तमा रहेको छ ।

प्रतापलाल/शंकरनारायण श्रेष्ठको भूमिकाः

तनहुँबाट काठमाडौंमा नै व्यापार ब्यवसायमा जमेका श्रेष्ठलाई तनहुँ ल्याएर राजनितीमा होम्ने काम नेकपा एमालेका नेता शंकर नरायण श्रेष्ठ र प्रतापलाल श्रेष्ठ नै गरेका थिए । तर पछिल्लो समय उनीहरुको खासै राम्रो सम्बन्ध थिएन तर पनि पछिल्लो पटक माधव माधव नेपाल गुटमा लाग्ने काममा यी नेताहरुको हात रहेको दाबी गरिन्छ ।

शंकर नारायण श्रेष्ठ तनहुँमा कम्यूनिष्ट नेताहरु मध्ये धेरै चतुर खेलाडीको रुपमा चिनिन्छन् । माधव नेपाल खेमामा लागेर माओवादीको साथमा अर्को चुनावमा पनि बाजि मार्ने दृघकालिन लक्ष्यका साथ श्रेष्ठलाई गुट परर्वतन गराउन सफल भएको दाबी समेत गर्न थालिएको छ ।

पौडेललाई तह लगाउने देउवा दाउः

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलाई २०७४ मंसिर २१ मा निर्वाचनमा पराजित गरेका सांसद भएका कृष्ण कुमार श्रेष्ठलाई आफ्नो सरकारमा मन्त्री बनाउने अगामी निर्वाचनमा समेत पौडेलाई जिल्लामा ठेगान लगाउन प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको चालवाजीको रुपमा समेत विश्लेषण गरेका छन् । जिल्लामा कांग्रेस नेता रामचन्द्र पौडेललाई कम्जोर बनाउने लक्ष्य सहित श्रेष्ठ क्याविनेट मन्त्री बने अवस्था आए अन्यथा नलिए हुन्छ ।

गोविन्दराज जोशीः

कृष्ण कुमार श्रेष्ठ ‘किसान’ सांसद भएपछि तनहुँका केही बुद्वीजिवी विश्लेषकहरुले कांग्रेस पुर्व सहमान्त्री तथा पुर्व गृहमन्त्री गोविन्दराज जोशीको टेक्निक र श्रेष्ठको आर्थिक परिचालनले सांसदमा निर्वाचित भएको विश्लेषण गर्ने गद्र्थे । जो होस भित्री रुपमा जोशीको साथ सहयोगले नै सांसदमा विजयी भएका श्रेष्ठले जोशीको अनुरोधमा देउवालाई मत दिए की भन्ने अनुमान समेत रहेको छ ।

आइतबार साँझ माधव नेपाल क्याम्पमा लागेकोमा ओली पक्षधर नेताहरुले उनलाई गाली समेत गरेका छन् । बिशेष गरेर तनहुँ क्षेत्र नं. २ का कार्याताहरुले गाली गरेका छन् । उनका क्षेत्रका कार्यताहरु। मध्ये धेरैले श्रेष्ठ मन्त्री हुने अड्कलवाजी समेत गरेका छन् । श्रेष्ठले देउवालाई मतदान गरेपछि माओवादी केन्द्र तनहुँका धेरै जसो नेता कार्याकताले सांसद श्रेष्ठलाई समाजिक संजालमा बधाई दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - ०८:१९:३० बजे

उज्वल पौडेल

लेखक पौडेल नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षका साथै तनहुँ उद्घोष दैनिकको प्रकाशक एंव कार्यकारी सम्पादक हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology