Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नवलपुरमा सालनाल सहितको नवजात शिशु जंगलमा फ्याक्ने महिला र पुरुष पक्राउ

नवलपुरमा सालनाल सहितको नवजात शिशु जंगलमा फ्याक्ने महिला र पुरुष पक्राउ

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
नवलपुरमा सालनाल सहितको नवजात शिशु जंगलमा फ्याक्ने महिला र पुरुष पक्राउ

नवलपुर, १७ कार्तिक । शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनाल सहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

images

जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका दूवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ । महिलाको अर्कै पुरुषसँगको सम्बन्धपछि बच्चा जन्मिकाले उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०९:३३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology