Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको भानु चाम्बासमा १९ वर्षीया किशोरीलाई ५ जनाद्वारा सामुहिक बलात्कार, २ पक्राउ, ३ फरार

तनहुँको भानु चाम्बासमा १९ वर्षीया किशोरीलाई ५ जनाद्वारा सामुहिक बलात्कार, २ पक्राउ, ३ फरार

इच्छाकामना न्युज

११, श्रावण २०७८
तनहुँको भानु चाम्बासमा १९ वर्षीया किशोरीलाई ५ जनाद्वारा सामुहिक बलात्कार, २ पक्राउ, ३ फरार
images

भानु, ११ साउन । तनहुँको भानु नगरपालिका–३ चाम्बासमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ र विशाल बाबु भन्ने देवराज सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
images

उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । ती किशोरीलाई पाँच जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको तिमिल्सिनाले बताउनुभयो ।

तिमिल्सिनाका अनुसार घटनामा संलग्न तीन जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ । “पाँच जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने सूचना पाए लगत्तै दुई जनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौ, घटनामा संलग्न तीन जनाको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - ०८:५२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology