Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँमा विकासले सहजता भन्दा विनास निम्त्याउदै 

तनहुँमा विकासले सहजता भन्दा विनास निम्त्याउदै 

ग्रामीण सडक, अव्यवस्थित बसोवास, बाँझीदै गएका खेतीयोग्य जमिन बाढीपहिरोको कारक बन्दै

पत्रपत्रिका

१८, श्रावण २०७८
तनहुँमा विकासले सहजता भन्दा विनास निम्त्याउदै 
images

नारायण खड्का, तनहुँ, १८ साउन । मुलुकका तीनै तहका सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेका छन् । विशेष गरी जनताको घरदैलोकै सरकारको रुपमा स्थानीय पालिकालाई लिइन्छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसंगै ग्रामीण क्षेत्रमा पनि अहिले विकासका गतिविधि अगाडि बढेका छन् । विकासको पहिलो खुड्किलो सडकलाई लिइन्छ । यही मान्यतालाई पुरा गर्न र जनताको घरदैलोमा सडक पु¥याउने होडबाजी पनि तीब्र छ । 

images
images

भौगोलीक अवस्थाको अध्ययन बिनानै खनिएका ग्रामीण सडकले अहिले सुविधा भन्दा दुःख बढी दिन थालेका छन् । पछिल्लो केही वर्ष यता विकासका नाममा भएका क्रियाकलापले विनास समेत निम्त्याउन थालेका छन् । जलवायु परिवर्तनले गर्दा असन्तुलित वर्षा अर्थात् वर्षभरि सुक्खा हुने र वर्षायाममा लामो समयसम्म अत्याधिक वर्ष हुने क्रम बढेको छ । यसका कारण हामीले अवलम्बन गरेका विकासका गतिविधिले ठूलो मात्रमा जनधनको क्षति हुने गरेको छ । 

‘बिगतका वर्षहरुमा पनि यस्तै वर्षा हुन्थ्यो । तर, त्यो समय हुने वर्षाले खासै क्षति पु¥याएको देखिदैन । केही वर्ष यता मनसुनी वर्षासंगै आउने बाढीपहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ’, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्ले भन्छन्, ‘यस वर्षको मनसुनी वर्षा शुरु भएसंगै तनहुँमा पटक पटक ठूलो वर्षा भयो । अविरल झरीसंगै आएको बाढीपहिरोले ठूलोमात्रमा जनधनको क्षति पु¥याएको छ। बाढीपहिरोको मुख्य कारण मानवीय गतिविधि नै देखिएको छ ।’ 

वातावरणीय पक्षलाई ख्यालै नगरी लापरवाहीपूर्ण ढंगले डोजरे विकास प्रणाली अवलम्बन गर्दा अहिले जहाँ सडक त्यहाँ पहिरो र विनास निम्तिएको प्रमुख काफ्ले बताउँछन् । उनले भने, ‘मानिसको जीवनशैलीमा आएको परिवर्तन, गलत ढंगबाट सडक तथा खोला किनारमा मानिसको बसोवास, जलाधार संरक्षणमा ध्यान नपुग्नु जस्ता कारणले अहिले विकास होइन विनास बढी हुन थालेको छ।’ 

यस वर्षको मनसुन शुरु भएसंगै बाढीपहिरोका कारण तनहुँमा ६ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । बाढीपहिरोले सडक, कृषि, गाउँबस्ति लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। बाढीपहिरोले के कती क्षति पुग्यो भन्ने यकिन तथ्याङ्क अझै आइसकेको छैन। बाढीपहिरोले एउटा पक्कि पुल, एउटा झोलुङ्गे पुलमा पूर्णरुपमा क्षति पु¥याएको छ भने राजमार्ग तथा भित्री र ग्रामीण सडक खण्डको ठाउँठाउँमा पहिरो खसे। राजमार्ग तथा मुख्य सडक खण्डहरुको पहिरो हटाएर सडक सुचारु गरिएपनि अझै ग्रामीण सडकहरु अवरुद्ध छन् । 

झरीसंगै आएको बाढीपहिरोले करिब एक सयको हाराहारीमा घरगोठमा क्षति पु¥याएको छ भने दुई सय भन्दा बढि घरगोठ पहिरोको जोखिममा परेका छन् । विकाससंगै निम्तिएको विनासले सर्वसाधारणहरुको उठिवास भएका छ भने दैनिकी समेत असहज बनेको व्यास नगरपालिका–१४ का यामबहादुर आले बताउँछन् । उनले भने, ‘बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । पहिला पनि यस्तै पानी त आउँथ्यो तर, यतिबिधी क्षति गर्दैनथ्यो । तर, अहिले हिउँद वर्खै त्रासमा बस्नुपर्ने अवस्था आएको छ ।’ 

तनहुँको भू बनोट अनुसार तल्लो तटीय क्षेत्र डुबानमा पर्ने र पहाडी क्षेत्र पहिरोको उच्च जोखिममा छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा यतिबेला हरिया पहाड छियाँछिया बनेको देख्न सकिन्छ। यी पहिरोका कारण गाउँबस्ति जोखिममा परेका छन् । 

यीनै पहाडमा वातावरणीय प्रभाव मूल्याङ्कननै नगरी मनलाग्दी गरिएको डोजरे विकासले अहिले विनास मात्रै निम्त्याउन थालेको कृषि ज्ञान केन्दू तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाद तिवारी बताउँछन् । 

‘विकासका नाममा डोजरको प्रयोग गरी मनलाग्दी खनिएका सडकले पाहिरोको जोखिम निम्त्याएको छ । वातावरणीय प्रभाव मूल्याङ्कननै नगरी सडक खनिदा गएको पहिरोले मानिसहरुको उठिबास भएको छ’, उनले भने, ‘सयौं हेक्टर खेतीयोग्य जमिन बगर बनेका छन् । कृषकको पाकेको खेती थन्काउन नपाउँदै सबै पुरिएको छ भने भरखरै रापिएको धान खेती समेत बगाएको छ । बाढीपहिरोले ठूलोमात्रमा पशुचौपायको क्षति पुगेको छ । सयौ घरपरिवार विस्थापित भएका छन् ।’ 

यस वर्षको मनशुनजन्य घटनाका कारण तनहुँमा करिब ६५ लाख ३८ हजार रुपैयाँ बराबरको पशुचौपायमा क्षति पुगेको प्रारम्भिक अनुगमान तनहुँ प्रहरीले गरेको छ । यस्तै कृषि तथा अन्य भौतिक पूर्वाधारमा के कति क्षति पुग्यो त्यो भने अझै यकिन विवरण आउन नसकेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना बताउँछन् ।

केही वर्ष यता जथाभावी डोजर लगाएर खनिएका सडकका कारण पहाडी क्षेत्रमा जताततै पहिरो खस्न थालेका छन् । गाउँगाउँसम्म सडक पु¥याउने लोभमा डोजर चालकले हचुवाका भरमा खनेका यस्ता सडक बर्खा लाग्नासाथ अवरूद्ध भएका छन् । ग्रामीण सडककै कारण खसेको पहिरोले मुख्य राजमार्गहरु समेत जोखिमपूर्ण बनेका छन् । हाम्रो विकासको मोडल अनि अत्याधिक वर्षा भएका कारण पनि बढि जोखिम निम्तिन थालेको बन्दिपुर गाउँपालिकाका सामाजिक कार्यकर्ता सुरेन्द्र थापा बताउँछन् । 

यस वर्षको मनुसुनी वर्षासंगै आएको बाढीपहिरोले तनहुँको बन्दिपुर, म्याग्दे, ऋषिङ गाउँपालिका, व्यास, शुक्लागण्डकी, भानु नगरपालिका क्षेत्र बढी प्रभावित हुन पुगेका छन् । यी पालिकामा बाढीपहिरोले पु¥याएको क्षतिलाई अध्ययन अवलोकन गर्दा ग्रामीण सडक, अव्यवस्थित बसोवास, बाँझीदै गएको खेतीयोग्य जमिन लगायतका मुख्य कारक देखिएका छन् । 

वातावरण संरक्षण ऐन–२०५३ ले वातावरणसँग जोडिएका कुनै पनि विकास निर्माणको काम गर्दा बाध्यकारीरूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ । वातावरणीय प्रभाव मूल्याङ्कन वातावरणीय नियम कानुन विकास विरोधी नीति नभई वातावरणमैत्री दिगो विकास प्रवद्र्धनका लागि भएपनि यस तर्फ भने खासै ध्यान दिइदैन । 

वातावरणीय प्रभावलाई आंकलन नगरी गरिएको विकासले अहिले विनास निम्त्याउन थालेको हुँदा हाम्रा भावि पूस्तालाई सुरक्षित राख्नका लागि दिगो र वातावरणमैत्री विकासमा जोड दिनु आवश्यक छ

भञ्ज्याङ्ग दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - ०८:०४:३० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology