मुग्लिन, १८ कार्तिक । हरेक वर्षको हरिवोधनी ठुली एकादशीका दिन भव्य रुपमा लाग्ने त्रिवेणि एकादशी मेला यस वर्ष नहुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कहर कै कारण यस वर्ष मेला आयोजना नहुने भएको हो। आयोजक कालिका युवा क्लब निभारेको आज बसेको बैठकले कोरोना संक्रमणबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाइ मध्यनजर गर्दै यस वर्ष मेला संग सम्बन्धित कुनै पनि कार्यक्रमहरु आयोजना नगर्ने निर्णय भएको क्लवका सचिब पृथ्वी गुरुङले जानकारी दिनुभयो। यद्यपि उक्त दिन मेला जन्य कुनै आनि गतिविधि नभए पनि मन्दिरमा हुने नित्य पुजा भने हुने क्लवका सचिव गुरुङले बताउनु भयो। "मन्दिरमा नित्री पुजा भएपनी सर्वसाधारणको लागि पुजा गर्न र अन्य गतिविधि गर्न रोक लगाइएको छ" -उहाँले भन्नू भयो। गोरखाको सहिद लख गाउँपालिका वडा नं. ३ मा पर्ने त्रिवेणी भगवती माइको मन्दिरमा सदियौ देखि हरिवोधनी ठुली एकादशीको दिन भव्य मेला लाग्ने गर्छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन बजारको ठ्याक्कै पारिपट्टी रहेको यो मन्दिर एकादशी मेलाको लागि चर्चित मानिन्छ। यहाँ मेला भर्न देशका विभिन्न स्थानबाट हज्जारौ दर्शनार्थी आउने गर्छ।