Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राजकुमार चेपाङ प्रकरणमा आरोपित सैनिक पक्राउ

राजकुमार चेपाङ प्रकरणमा आरोपित सैनिक पक्राउ

इच्छाकामना न्युज

१५, आश्विन २०७७
राजकुमार चेपाङ प्रकरणमा आरोपित सैनिक पक्राउ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका एक युवकलाई कुटपिट गरेको आरोप लागेका नेपाली सेनाका हुद्दालाई पक्राउ गरिएको छ । उनीविरुद्ध स्थानीय राजकुमार चेपाङलाई कुटपिट गरेर हत्या गरेको आरोप लागेको छ ।

images
चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा नेपाली सेनामा कार्यरत हुद्दा चिरणकुमार बुढालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । बर्दियाको गेरुवाका बुढालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको राप्ती नगरपालिका २ पिप्ले मिलनटोलका २४ वर्षीय राजकुमारको कुटपिटपछि मृत्यु भएको थियो । निकुञ्जमा घोँगी टिप्दैगर्दा साउन १ गते उनीसहितका केहीलाई सुरक्षाकर्मीले कुटपिट गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०७:५९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology