Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कुमाल समुदायको संस्कृति झल्काउन पालुङटारमा कुमाल संग्राहलय बन्ने, मेयर कडेंलद्वारा शिलान्यास

कुमाल समुदायको संस्कृति झल्काउन पालुङटारमा कुमाल संग्राहलय बन्ने, मेयर कडेंलद्वारा शिलान्यास

इच्छाकामना न्युज

२९, श्रावण २०७८
कुमाल समुदायको संस्कृति झल्काउन पालुङटारमा कुमाल संग्राहलय बन्ने, मेयर कडेंलद्वारा शिलान्यास

गोरखा, २९ साउन । पालुङटार नगरपालिका वडा नं ७ स्थित कोलडाँडामा कुमाल संग्राहालयको शुक्रबार एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलद्वारा शिलान्यास गरेका छन् । दुईवटा संग्राहालय पूणर् गर्ने आवधिक योजना अन्तर्गतको नगर प्रमुखको ड्रिम योजना भित्र रहेको उक्त योजना समयमानै सम्पन्न गर्ने गरि सुरुवात भएको नगर प्रमुख कंडेलले जानकारी दिए ।

images

कुल जनसंख्याको ११.२५% रहेका कुमालहरुको लामो ईतिहास बोकेको ठाउँ पालुङटार नगरीमा कुमालहरुको रितीरिवाज, रहन-सहन र अस्तित्व झल्किने खालको संग्राहलयबाट नगर भित्र तथा बाहिरका विद्यार्थीहरु लाई कुमाल संस्कृतिको अध्यापन गराउन सकिने र पर्यटकहरुको पनि विस्तार गर्न सकिने उनको भनाई छ । पालुङटार नगरपालिकाको वडा नं १, ४, ५, ६, ७, ८ र ९ मा कुमालहरुको बसोबास रहेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण निर्माण हुन नसकेको उक्त संग्राहालय आ.ब. २०७७/७८ को बजेटबाट बिनियोजित बीस लाख रकमबाट सम्झौता बमोजिम समयमा नै काम सम्पन्न गर्ने गरि सनद निर्माण सेवाले उक्त कामको जिम्मा लिएको छ । कार्यक्रममा पालुङटार न.पा वडा नं ७ का वडाअध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २०:४२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology