Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा नगरपालिकाको एक वडा : जहाँ सेवा लिन कार्यालयमा होइन, तासको खालमै पुग्नुपर्छ जनता

गोरखा नगरपालिकाको एक वडा : जहाँ सेवा लिन कार्यालयमा होइन, तासको खालमै पुग्नुपर्छ जनता

इच्छाकामना न्युज

२०, कार्तिक २०७७
गोरखा नगरपालिकाको एक वडा : जहाँ सेवा लिन कार्यालयमा होइन, तासको खालमै पुग्नुपर्छ जनता

गोरखा २०, कात्तिक । नेपालको कानुनले जुवा तासलाई अबैधमा मानेको छ । जुवा तास खेल्न र खेलाउन पाइन्न । कसैले जुवातास खेले र खेलाए कानुन बमोजिम कारवाही त हुन्छ हुन्छ नै । संघियता स्थापना भएसंगै स्थानीय सरकार बन्यो, जनप्रतिनिधि चनिए, नागरिकलाई छिटो छरितो सेवा दिन्छौ, कानुनको कार्यान्वयन गछौ र संबिधानको पूर्ण पालना गछौ भनेर निर्वाचन जितेका जनप्रतिनिधिहरुले सपथ पनि खाए । तर गोरखा नगरपालिका वडा नम्बर २ मा भने कानुनको धज्जी उडाउदै जनप्रतिनिधी आफै तास मात्र खेल्दैनन्, नागरिकलाई सेवा दिनुपर्ने जनप्रतिनिधि सेवा दिन त कता हो कता वडा कार्यालय नै छोडेर दिउसै तासको खालमा बसेर रमाउछन् ।

images

नागरिकहरु कार्यालयबाट प्रदान गरिने सेवा लिन पुगे वडा कार्यालयबाट होइन तासको खालमै गए मात्र सेवा पाउछन् भन्दा सायद पत्याउन गाह्रो हुन्छ । यस्तै भएको छ गोरखा नगरपालिका वडा नम्बर २ कोखे आहालेमा । बुधबार स्थानीयबासी सुदिप दियाल भुकम्पको राहातका लागि पुर्ननिर्माण कार्यालयमा पेश गर्नुपर्ने काजगात बनाउन वडा कार्यालय पुग्नुभयो । कार्यालयमा वडाध्यक्ष रमतुल्ला मियाँलाई भेटिनु भएन । उहाँले वडासदस्य तिलकबहादुुर बानियाँलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गोरखा बजार गएको जानकारी सेवाग्राहीले पाए । सेवाग्राही दियाललाई जसरी पनि काम सक्नु पर्ने अबस्था हुनुहुन्थ्यो ।

एउटा कामका लागि पटक–पटक धाउनु परेपछि हैरान भइसक्नु भएका दियाल कार्यवाहक वडाध्यक्षलाई पनि कार्यालयमा नभेटेपछि सहयोगीसंग मोवाइल नम्बर लिएर टेलिफोन गरि वडा कार्यालयमा आफु कामका लागि जानकारी गराउनुभयो । तर कार्यबाहक वडाध्यक्ष बानियाँ जनताको समस्या भन्दा पनि तासको खाल मस्त हुनुहुन्थ्योे । पटक–पटकको आग्रहमा पनि कार्यालयमा आउन उहाँ मान्नु भएन । उल्टै सेवाग्राही दियाललाई आफु भएको ठाउँमा आउन भन्नुभयो । टेलिफोनमा आफु व्यस्त भएकाले कार्यालय आउन नसक्ने तर काम परेको भए आफै भएको ठाउँमा आउन भनेपछि दियाल आफै फायल बोकेर कार्यबहाक वडाध्यक्ष भएको ठाउँमा पुग्नुभयो ।

निक्कै व्यस्त छु भन्नुभएका कार्याबाहक वडाध्यक्ष त व्यस्त त रहेछन् तर अरु काममा होइन वरपर गाउँका ८/९ जनालाई बटुलेर तासको खेल्नमा । स्थानीय भरत बि.कको घर नजिकै कोलडाडाँ भन्ने ठाउँमा जंगलको बिचमा तास खेल्ने ठाउँ नै बनाएर तास खेलिरहेको अबस्थामा कार्यबाहक वडाध्यक्ष बानियाँ भेटिनुभयो । सेवाग्राही दियाल त्यहाँ पुगे हत्तपत्त हातमा रहेको तास भुईमा राखे र अनि खल्तीबाट कलम झिकेर फायलमा हस्ताक्षर गरेर पठाए । फायल के छ, के का लागि थियो, के लेखिएको थियो उहाँलाई त्यसको मतलब हुने त कुरै भएन ।

‘जनप्रतिनिधी भएर आफै बारीको कुना–कुनामा लुकेर दिनभरी तास खेलेर बस्छन्, दुखित हुदै सेवाग्राही दियालले भन्नुभयो, ‘कुन कामका लागि कुन कागजात आबश्यक पर्छ भन्नेसम्म सेवाग्राहीलाई जानकारी दिदैन, बरु हामीले सधै हैरानी खेप्नुपरेको छ ।’ सेवाग्राही दियालले कार्यबाहक वडाध्यक्षलाई कम्तीमा कार्यालय अबधीमा त कार्यालयमै बसेर सेवा दिन आग्रह गर्दा उहाँले कुनै सुनुवाई नगरी फेरि तास खेल्न गर्नुभयो । ‘मेरो टाइम छैन कार्यालय आउनु भन्दा मेरो काम छ यतै आउन भनेर उहाँले डाक्नुभयो, दियालले भन्नुभयो, ‘वडा कार्यालयबाट काम नहुने भएपछि जानै त पर्यो नि ।’

यता कार्याबाहक वडाध्यक्ष बानियाँले भने आफुले अफिस समयमा नभई ४ बजेपछि भएकाले बाहिर बोलाएको दावी गर्नुभयो । ‘सचिव अफिसबाट निस्कन लागि सक्नु भएको थियो मैले त्यति काम गर्दिनु भनेर आग्रह गरेको थिए, सचिवलाई नाता प्रमाणित गराएर म कहाँ लेराउ भने सहि मैले गरिदिए ।’ उहाँले भन्नुभयो । उहाँले आफुले अरु बेलामा आबश्यकता अनुसार बिहानै पनि कार्यलय खोलेर सेवा दिएको दाबी गर्नुभयो ।

तासको खालमै बसेर फायलमा हस्ताक्षर गर्नुहुदै कार्याबाहक वडाध्यक्ष बानियाँ (रातो घेरामा)

घटनाको प्रतिक्रिया माग्दा वडाध्यक्ष रमतुल्ला मियाँले सेवाग्राहीलाई तासको खालमा बोलाएर काम गर्नु गम्भीर गल्ती भएको बताउनुभयो । ‘म वडासदस्य बानियाँलाई कार्यबाहकको जिम्मेवार दिएर बजारमा काम लागि गएको थिए, उहाँले भन्नुभयो, गल्ती गर्नुभएछ के भनौ ठूलो गल्ती गर्नुभयो, उहाँले तासको खालमा बोलाएर नगर्नु पर्थ्यो, एक त तास खेल्नै नुहने कुरा हो, दोस्रो सेवा ग्राहीलाई तासको खालमा बोलाएर सेवा दिनु त अर्को मिस्टेक भइहाल्यो ।’ वडाध्यक्ष मियाँले घटनाको जानकारी लिएर उहाँसंग आबश्यक सोधपुछ र स्पस्टीकरण लिने समेत जानकारी दिनुभयो । अब कारबाही हुन्छ या हुदैन त्यो भने हेर्न बाँकी छ ।

कानुनले के भन्छ ?
नेपालको मुलुकी संहिता ऐन २०७४ को परिच्छेद ५ (दफा १२५) मा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्ने गर्न नपाइने उल्लेख छ । सोही खण्डको परिच्छेद ५ अन्तर्गत दफा १२५ को उपदफा २ (क) मा पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । यस्तै दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ ।

त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ । जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ । यसैगरी कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

नागरिक सवाल डटकमबाट 

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०९:४३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology