Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

होटलमा गएर महिलाको भिडियो खिच्ने ४ युट्युबर र टिक्टकर झापाबाट पक्राउ

होटलमा गएर महिलाको भिडियो खिच्ने ४ युट्युबर र टिक्टकर झापाबाट पक्राउ

इच्छाकामना न्युज

४, भाद्र २०७८
होटलमा गएर महिलाको भिडियो खिच्ने ४ युट्युबर र टिक्टकर झापाबाट पक्राउ
images

 झापा, ४ भदौ । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । 

images
images

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले रातोपाटीलाई जानकारी दिए । 

उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायले जानकारी दिए । 

पीडितले भने–‘हाम्रो जीवन वर्वाद गरिदियो’ 

 भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए । 

सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताए । 

उनले भने–‘उनीहरूले कुनै एउटा होटलमा गएर खाजा खाए । त्यहाँ केही युटुवरहरु अनधिकृत रूपमा प्रवेश गरेर उनीहरूले व्यक्तिगत जिवन जिइरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बेइज्जत गरिदिए ।

महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा छन् । उनीहरूले त्यहाँ आपत्तिजनक क्रियाकलाप पनि गरेका थिएनन् । एकजना महिला अपाङ्ग पनि छिन् । सँगै खाजा खाएको विषयलाई अतिरञ्जित गरिदियो भन्ने महिलाहरूको भनाइ छ । उहाँहरूले होटल सञ्चालकसहित अभद्र मुद्दा ल्याउनुभएको छ । उनीहरूमध्ये २ जनाले टिकटकमा भिडियो हालेर बेइज्जत गरेको पाइएको छ ।’

राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत रहेका युट्युबर खगेन्द्र घिमिरेसहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।  

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - २०:४२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology