Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूर्वमन्त्री गौतमको निधनमा बन्दिपुर गाउँपालिका भोली एक दिन बन्द हुने

पूर्वमन्त्री गौतमको निधनमा बन्दिपुर गाउँपालिका भोली एक दिन बन्द हुने

इच्छाकामना न्युज

२७, कार्तिक २०७७
पूर्वमन्त्री गौतमको निधनमा बन्दिपुर गाउँपालिका भोली एक दिन बन्द हुने

बन्दिपुर, २७ कार्तिक । पूर्वमन्त्री भिम प्रसाद गौतमको निधन भएको शोकमा भोली एक दिन तनहुँको बन्दिपुर गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द हुने भएको छ। पूर्वमन्त्री गौतमको निधन प्रति शोक वक्तव्य जारी गर्दै भोली एक दिन गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द हुने भएको गाउँपालिकाले जानकारी दिएको छ। 
जारी वक्तव्य अनुसार बन्दिपुर गाउँपालिका वडा नं. १ निवासी संविधान सभा सदस्य, पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको निधनले बन्दिपुरको राजनैतिक सामाजिक आन्दोलनलाई क्षति पुगेको र मन्त्री गौतमले गाउँपालिकामा राजनैतिक तथा सामाजिक रुपमा असल परिचय दिई अभिभावकत्व प्रदान गरि समाज परिवर्तनका लागि गरेको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्ने उल्लेख छ। 
नेकपा एकताकेन्द्र, नेकपा माओवादी, नयाँ शक्ति हुदै पछिल्लो समय जनता समाजवादी पार्टीका संघिय सल्लाहकार समितिका अध्यक्ष रहेका पूर्वमन्त्री गौतमको ७१ वर्षको उमेरमा आज बिहान २ः३० बजे उनकै निवास बन्दिपुर १ पिप्ले तनहुँमा निधन भएको थियो

images

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १८:१७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology