Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विभिन्न सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा चर्चका पादरी पक्राउ

विभिन्न सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा चर्चका पादरी पक्राउ

इच्छाकामना न्युज

८, आश्विन २०७८
विभिन्न सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा चर्चका पादरी पक्राउ
images

झापा, ८ असोज । सामाजिक सन्जाल Facebook, Messenger, What apps, IMO प्रयोगकर्ता महिलालाई विभिन्न प्रलोभन देखाई ५ लाख १० हजार ठगी गरेको गरेको आरोपमा प्रहरीले एक भारतिय नागरिक चर्चका पादरीलाई पक्राउ गरेको छ ।

images
images

आफुलाई U.K. को नागरीक बताई बिश्वास कायम गरी प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पठाएको भनी बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी ५ लाख १० हजार ठगी गरेको आरोपमा भारत दार्जलिङका सन्दिप क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

संन्दिप क्षेत्रीलाई जि.प्र.का. झापा संगको समन्वयमा पक्राउ गरी अनुसन्धान गर्दा निज क्रोस्टल चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसंग सम्बन्धित विभिन्न संघसंस्था प्राप्त रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई ठगि गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:२१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology