Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सर्लाहीमा सशस्त्र प्रहरी उपरिक्षक भन्सार छलीका सामानहरुबाट कमिसन असुल्नमा व्यस्त, कमिसन नदिनेहरुलाई सास्ती दिदैँ

सर्लाहीमा सशस्त्र प्रहरी उपरिक्षक भन्सार छलीका सामानहरुबाट कमिसन असुल्नमा व्यस्त, कमिसन नदिनेहरुलाई सास्ती दिदैँ

इच्छाकामना न्युज

१६, आश्विन २०७८
सर्लाहीमा सशस्त्र प्रहरी उपरिक्षक भन्सार छलीका सामानहरुबाट कमिसन असुल्नमा व्यस्त, कमिसन नदिनेहरुलाई सास्ती दिदैँ
images

सर्लाही, १६ असोज । देशको सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी नै भ्रष्ट भएका छन् । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु दशैँको मुखमा कमाउने धन्दामा लाग्दा सिमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रन थालेका छन् । 

images
images

आईजी,शसस्त्र प्रहरी उपरिक्षक र सशस्त्र प्रहरी नायव उपरिक्षकको नाममा सिमामा रहेको वोर्डर आउट पोष्ट (विओपी) र जिल्लाका विभिन्न वेस क्याम्पका शसस्त्र प्रहरी कर्माचारीहरु कमिसन धन्दामा लाग्दा राम्रो काम गर्ने सोचेर आएका डिआईजी,शसस्त्र प्रहरी उपरिक्षकहरु र सशस्त्र प्रहरी नायव उपरिक्षकहरु अलमलमा परेका छन् ।

सर्लाहीमा ५१ किलो मिटरमा ११ वटा विओपी रहेका भएपनि विओपी पतिहरु र जिल्लाका अन्य वेस क्याम्पका वेसपतिहरुको मिलेमतोमा जिल्लामा भन्सार छलीका कपडा,चिनी,आलु,प्याज,जिरामरीच,लसुन,पटका लगायतका सामाग्रीहरु दिन दहाडै भित्रिएका छन् ।

नेपालीको महान पर्वहरू नजिकिँदै गर्दा सशस्त्र प्रहरीको सेटिङमा यसरी ठूलो तस्करी भई रहेको पाइएको छ । सशस्त्र प्रहरीको संरक्षणमा जिल्लाको पुर्व संग्रामपुर, देखि पश्चीमसम्मको सिमा नाकामा भई रहेको भन्सार छलीकोसामान तस्करीमा सशस्त्र प्रहरी बल १० नं. हेक्वागण कविलासीका गणपति सशस्त्र प्रहरी उपरिक्षक गंगाराम  श्रेष्ठले हरेक विओपीहरुबाट कमिसन उठाउने र कमिसन नदिने विओपी पतिहरुलाई अनावश्यक दुख दिने गरेका पाइएको छ । 

साथै उनले आफ्नो लाईनका तस्करहरुको सामान समाति दिएको भन्दै केही विओपी पतिहरु तथा वेसपतिहरुसंग आक्रोस समेत पोखेका छन् ।
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठलाई लाईन मिलाउने तस्करहरुमा बिजय, उमेश, पुकार, जयकिशोर, हाखिम, राजेश, रविन, जयकिशन, रिता र सरिता, संजीव, सन्तोष, गुलाम, मुकेश र हुसेनी  लगायतका रहेका छन् ।

उनिहरुले खैनी पानमसला, मोवाइलको मुख्य कारोवारी गर्छन् भने अरूले नुन देखि सुन सम्मको तस्करी गर्ने गर्दछन । सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक श्रेष्ठले लाईन खाएपछि कारोवार गर्न सहज भएको तर सिमानामा रहेका केही विओपी पतिहरुले कमिसन लिन नमान्दा समस्या भएको तस्करहरुले नै बताएका छन् ।

तस्करी चलाएर नै तस्करबाट उठाएको रकम माथिल्लो दर्जा सम्म बुझाउनु पर्ने भएको कारण यहाँबाट ठूलो तस्करी चल्ने गर्दछ सोही अनुसार डिआइजीहरुले आफ्ना विश्वास पात्रहरुलाई र बढी कमिसन दिनेहरुलाई सिमा नाकामा पठाउने गरेका समेत पाइएको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - १८:४९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology