बागलुङ, २० असोज विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनहुँका कवि एवं निबन्धकार अनिल श्रेष्ठले प्राप्त गरेका छन् । बागलुङमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले आठ हजार राशि सहित उक्त पुरस्कार र प्रमाणपत्र श्रेष्ठलाई प्रदान गरे ।
नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको महत्वपूर्ण योगदानबापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए । कवि श्रेष्ठका ‘आरु फुलेको साँझ’, ‘मध्यरातमा मुर्कट्टा’लगायत कविता कृति प्रकाशित छन् ।
संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । संस्थाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र÷छात्रालाई पनि पुरस्कृत गर्ने गरेको अध्यक्ष रोशनले जानकारी दिए ।
विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गरेका थिए । यसअघि सो पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ, भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।