Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा माक्स नलगाएको भन्दै चिकित्सक माथि कुटपिट

देवघाटमा माक्स नलगाएको भन्दै चिकित्सक माथि कुटपिट

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
देवघाटमा माक्स नलगाएको भन्दै चिकित्सक माथि कुटपिट

देवघाट, २८ कार्तिक । देवघाटमा मास्क लगाउने विवादमा भएको झडपमा परी एक चिकित्सक घाइते भएका छन् । बिहिबार बिहान देवघाट घुम्न परिवारसहित गएका बाराका चिकित्सक डा. विकेश पाण्डे मास्क नलगाएको विवादमा भएको झडपमा परी घाइते भएका हुन् ।

images


उनीमाथि देवघाट जाने पुलमा आक्रमण भएको थियो । विवादका क्रममा टाउकोमा बोतल प्रहार भए पछि उनी घाइते भएका थिए । पाण्डे पत्नी, आफन्तसहित देवघाट भ्रमणका लागि गएका थिए । आफूमाथि देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले कुटपिट गरेको पाण्डेले बताए ।

‘ममाथि कोकको बोतलले प्रहार गरियो,’ उनले भने । आफूमाथि विभेदका शब्द प्रयोग पनि भएको आरोप उनको छ । टाउकोमा चोट लागेर घाइते पाण्डे घर गैसकेका छन् ।
प्रहरीले भने विवादित दुवै पक्षबीच सहमति भैसकेको बताएको छ ।

‘कुटपिट भएको भनेर निवेदन लिएर आउनुभएको थियो,’ ईलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरिक्षक उज्वल शिलवालले भने,‘तर दुवै सहमति गरेर गैसक्नुभएको छ ।’

‘मास्क लगाउनुस् भन्दा विवाद भयो’
कुटपिटको आरोप लागेका श्रेष्ठले मास्क लगाउन भन्दा अपशब्द प्रयोग भए पछि कुटपिट भएको स्विकारे । ‘कोरोनाका कारण दुई जना पारिवारिक सदस्य र आफन्त गुमाईसकेको छु मैले,’ उनले भने,‘मास्क लगाएर जानुस् न भन्दा उहाँले के गर्न सक्छस् भने पछि धकेलाधकेल हुँदा झपड भएको हो ।’

श्रेष्ठले आफूले गल्ती भएकोमा माफी मागिसकेको भन्दै अब गल्ती नगर्ने भने पछि सहमति गरेको बताए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १८:१२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology