Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यस कारण तीज नेवार संस्कृति हाेइन

यस कारण तीज नेवार संस्कृति हाेइन

इच्छाकामना न्युज

१५, आश्विन २०७७
यस कारण तीज नेवार संस्कृति हाेइन

तीज पर्व खासगरी हिन्दु शैव अथवा शिव परम्परा हो । यस पर्वको उत्पतिकाे कथा पनि शिवसँगै जोडिएको छ । कथाअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले शिव पति पाउ भनी शिवकाे तपस्या आराधना गर्छिन् र शिव प्रकट भएर वरदान स्वरूप पार्वतीले शिव पति पाउँछिन् । र, यसैदेखि हिन्दु आर्य नारीहरुले तीजको दिन शिवको आराधना गरी शिवझैं पति पाउ भनी यो पर्व अहिले नि मनाउँछ्न । यो धार्मिक कुरा भयो ।

images

अब प्रश्न किन आदिवासी जनजातिले मनाउँदैनन् त ? भन्दा नेपालका जनजाति आदिवासीको मुल धर्म हिन्दु धर्म होइन । सुरुमा उनीहरु प्रकृतिपूजक हुन् । त्यसैगरी बोन धर्म, किराती धर्म र बुद्ध धर्म उनीहरुको मूल धर्म हो । खसहरुको मूल धर्म हिन्दु होइन । उनीहरु मस्टो पुज्छ्न् ।

नेपालमा जब हिन्दु आर्यहरु पश्चिम र दक्षिणबाट प्रवेश गरे, सोही बेलाबाट यो चाड नेपालमा पनि मनाउन थालियो र पश्चिमका खसहरुले पनि हिन्दु आर्यहरुको प्रभावले यो तीज मान्न थालेका हुन् ।

अब किन तीज नेवारहरुको संस्कृति होइन भन्नेतर्फ । उपत्यकाका नेवारहरु मूल रुपले साक्त अर्थात् देवी पुजा गर्ने या भनौ नारी शक्तिको पुजा गर्ने समुदाय हो । त्यही भएर नेवारहरुले कुल पुजा देवीको गर्छन् र अर्को बौद्ध परम्परा मान्छ्न् र पुरोहित पनि बौद्ध धर्म मान्छ्न् ।

जुनै परम्परा माने पनि नेवारभित्र छोरीहरु मासिक धर्म सुरु हुनुअघि दुइवटा महत्वपूर्ण संस्कार इही र बाह्रा राखिन्छ । जसअनुसार इही गर्दा बेल र बाह्रा राख्दा सुर्यसित धार्मिक बिहे गराइन्छ । त्यही भएर नेवारी नारीहरु यदि पति मरे भने पनि विधुवा हुँदैनन् भन्ने परम्परा रहिआएको छ । पति मरेपछि पनि रातो टीका लाउँछ्न् ।

यसको अर्थ नेवार चेलीहरुलाई शिव जस्तो पति पाउन व्रत बसिरहनुपर्दैन । जबकि तीज धार्मिक विशुद्ध रुपमा वर पाउन व्रत बसेर मनाउने चाड हो भन्ने बुझिन्छ, जुन नेवार नारिहरुलाई आवश्यक छैन । यो कुरा नबुझेका नेवार केटीहरु चाहिँ लहैलहैमा लागेर तीज मनाउने गरेको देखिन्छ, जुन नेवारी संस्कृति होइन । विकासश्रेष्ठकाे फेसबुकबाट

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:३८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology