तीज पर्व खासगरी हिन्दु शैव अथवा शिव परम्परा हो । यस पर्वको उत्पतिकाे कथा पनि शिवसँगै जोडिएको छ । कथाअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले शिव पति पाउ भनी शिवकाे तपस्या आराधना गर्छिन् र शिव प्रकट भएर वरदान स्वरूप पार्वतीले शिव पति पाउँछिन् । र, यसैदेखि हिन्दु आर्य नारीहरुले तीजको दिन शिवको आराधना गरी शिवझैं पति पाउ भनी यो पर्व अहिले नि मनाउँछ्न । यो धार्मिक कुरा भयो ।
अब प्रश्न किन आदिवासी जनजातिले मनाउँदैनन् त ? भन्दा नेपालका जनजाति आदिवासीको मुल धर्म हिन्दु धर्म होइन । सुरुमा उनीहरु प्रकृतिपूजक हुन् । त्यसैगरी बोन धर्म, किराती धर्म र बुद्ध धर्म उनीहरुको मूल धर्म हो । खसहरुको मूल धर्म हिन्दु होइन । उनीहरु मस्टो पुज्छ्न् ।
नेपालमा जब हिन्दु आर्यहरु पश्चिम र दक्षिणबाट प्रवेश गरे, सोही बेलाबाट यो चाड नेपालमा पनि मनाउन थालियो र पश्चिमका खसहरुले पनि हिन्दु आर्यहरुको प्रभावले यो तीज मान्न थालेका हुन् ।
अब किन तीज नेवारहरुको संस्कृति होइन भन्नेतर्फ । उपत्यकाका नेवारहरु मूल रुपले साक्त अर्थात् देवी पुजा गर्ने या भनौ नारी शक्तिको पुजा गर्ने समुदाय हो । त्यही भएर नेवारहरुले कुल पुजा देवीको गर्छन् र अर्को बौद्ध परम्परा मान्छ्न् र पुरोहित पनि बौद्ध धर्म मान्छ्न् ।
जुनै परम्परा माने पनि नेवारभित्र छोरीहरु मासिक धर्म सुरु हुनुअघि दुइवटा महत्वपूर्ण संस्कार इही र बाह्रा राखिन्छ । जसअनुसार इही गर्दा बेल र बाह्रा राख्दा सुर्यसित धार्मिक बिहे गराइन्छ । त्यही भएर नेवारी नारीहरु यदि पति मरे भने पनि विधुवा हुँदैनन् भन्ने परम्परा रहिआएको छ । पति मरेपछि पनि रातो टीका लाउँछ्न् ।
यसको अर्थ नेवार चेलीहरुलाई शिव जस्तो पति पाउन व्रत बसिरहनुपर्दैन । जबकि तीज धार्मिक विशुद्ध रुपमा वर पाउन व्रत बसेर मनाउने चाड हो भन्ने बुझिन्छ, जुन नेवार नारिहरुलाई आवश्यक छैन । यो कुरा नबुझेका नेवार केटीहरु चाहिँ लहैलहैमा लागेर तीज मनाउने गरेको देखिन्छ, जुन नेवारी संस्कृति होइन । विकासश्रेष्ठकाे फेसबुकबाट