Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

इच्छाकामना न्युज

६, मंसिर २०७८
चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ
images

विराटनगर, ६ मंसिर । चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

images
images

कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले बताए । 

पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान बढाइएको श्रेष्ठले बताए । पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तस्राव नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रक्तस्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ । उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १८:४१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology