Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

इच्छाकामना न्युज

२७, मंसिर २०७८
तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ
images

इलाम, २७ मंसिर । तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम-४ का ६२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । 

images
images

भतिजी नाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । 

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।

पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । ‘पीडकको यौनजन्य क्रियाकलाप जबरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २१:००:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology