Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भुपु ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

भुपु ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड

भुपु ब्रिटिश आर्मी राईले गाउँमा बनाइदिए हेलिप्याड
images

खोटाङ, ३ पुस । खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भुपु ब्रिटिश आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् ।

images
images

राईले स्वास्थ्य समस्या परेका स्थानीयकाे उपचारमा सहयाेग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । 

हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्‍याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन् । यसअघि स्थानीयकाे खेतबारीमा हेलिकाेप्टर ल्याण्ड गर्नुपर्ने बध्यता थियाे । कहिले काही ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीकाे ज्यानै समेत जाने अवस्था थियाे । हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । भुपु ब्रिटिश आर्मी राईले श्रीमतीको कपुरथान (चिहान)लाई पनि कंक्रिट गरेका छन् ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १६:४१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology