Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उर्जाशील समय भारतमा, उमेर ढल्किएपछि पछुतो

उर्जाशील समय भारतमा, उमेर ढल्किएपछि पछुतो

न्युज कारखाना

३, पौष २०७८
उर्जाशील समय भारतमा, उमेर ढल्किएपछि पछुतो

हेमन्त केसी, जाजरकोट, ३ पुस । विद्यालय पढ्ने उमेरमा आर्थिक संकट भएपछि भारत गएर कमाउने सपना बोक्नेहरु कुलतमा फसेर फर्कने गरेको पाइएको छ ।

images

सुरुमा रमाइलोको लागि सेवन गरिने मदिराजन्य पदार्थपछि लतकै रुपमा प्रयोग गर्न थालेपछ अधिकांश यूवाहरुको उर्जाशील समय खेर गएको छ । 

विद्यालय उमेरका बालबालिकालाई फकाइएर भारत लैजाने, आर्थिक शोषण गर्ने समूहको फन्दामा परेर धेरै युवाहरु कुलतको दलदलमा फसेको पाइएको हो । 

प्रलोभनमा परेर भारत पुर्याइ बालबालिकालाई श्रम शोषण गरेर ठेकेदारहरु सम्पर्क विहीन हुँदा उनीहरु अलपत्रमा पर्ने गरेका छन् । वषौंसम्म भारतका बिभिन्न ठाउँमा बिताउँदै गर्दा कुलतमा फसेर जिन्दगी नै बर्बाद हुने गरेको छ ।

त्यसमा पनि उर्जाशील समय भारतमा विताउँदा पछिल्लो जिवन कतिपयको कष्टकर बनेको छ । 

केही सर्वसाधारणहरु आर्थिक रुपमा सक्षम हुन भारत गए पनि वषौं बसेर खाली हात फर्कदा आफ्नो थाकथलोमा भएको जमिनसमेत बाँझो हुन पुगेको छ । मनग्य पैसा कमाउने भन्दै ७ वर्ष पहिला परिवारसहित भारत पुगेका बारेकोट गाउँपालिका –२ का दिपी नेपालीको परिवार अहिले रित्तो हात फर्किएको छ ।

 १२ घण्टा काम गरेर पनि कमाइ नभएपछि आफूहरु हैरान हुँदै घर फर्कन बाध्य भएको उनले बताइन् । दैनिक ३५० कमाइले के हुनु ? उनले थपिन् । भारतमा गएर अर्काको काम गरेर जिन्दगी कहाँ सप्रिनु , मात्र आफ्नो घरको सबै सकिने हो ? उनले भनिन् । भारतमा २८ वर्ष विताएर रित्तो हात फर्किएका नरबहादुर विक अहिले घर आएर भाइबुहारीसँग बस्न बाध्य छन् ।  न कमाई भयो, न उमेर बच्यो भारतीय नागरिकको गुलाम बनेर जवानी फालेको गुनासो उनले पोखे । 

बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपाली आज भन्दा ३ वर्ष पहिले भारतमा छोराछोरीसहित सबै परिवार लिएर गए । अहिले घर फर्कदा रित्तो हात आएका उनीहरु एकातिर छोरा, छोरीको पढाइ बिग्रियो अर्को तीर घरखेत बाँझो रहेको भन्दै पीडा सुनाउछन् ।  उर्जाशिल उमेर खेर गएको भन्दै पछुताउनु बाहेक अन्य बाँकी नरहेको अधिकांको गुनासो छ । 
कोही बाध्यता त कोही लहइलहईमा लागेर भारत गइ समस्यामा परेको धेरै उजुरी तथा गुनासो आउने गरेको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ । 'कम्तिमा महिनामा १२ भन्दा बढी भारत गएकाहरुको मात्र गुनासो आउने गरेको छ', डिएसपी मधुकुमार थापाले बताए । सिमानामा पर्ने समस्यदेखि बाटोमै लुटिने सम्माको गुनासो अत्यधिक रहेको उनले बताए । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - २१:२०:०३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology