आँबुखैरेनी, ४ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक छिम्केश्वरीमा बस्ने भएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक जिल्लाकै सबैभन्दा अग्लो स्थान एवं पर्यटकिय स्थल छिम्केश्वरी माईको प्राङ्गणमा बस्न लागिएको हो।
छिम्केश्वरी माई चर्चित धार्मिक स्थलका साथै जिल्लाकै सबैभन्दा अग्लो डाडाँ छिम्का लेक रहेर पनि ओझेलमा रहेकोले यस प्रवद्र्धनमा सघाउ पुगाउ पुग्न सकियोस भन्ने हेतुले उक्त स्थानमा बैठक बस्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक भोली मंसिर ५ गते शक्रबार बस्नेछ।