Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको मानवसेवा आश्रमको भवन बनाउन शहिदलखन गाउँपालिकाले दियो ५ लाख ११ हजार १ सय ११ रुपैयाँ

गोरखाको मानवसेवा आश्रमको भवन बनाउन शहिदलखन गाउँपालिकाले दियो ५ लाख ११ हजार १ सय ११ रुपैयाँ

images

इच्छाकामना न्युज

१०, पौष २०७८
गोरखाको मानवसेवा आश्रमको भवन बनाउन शहिदलखन गाउँपालिकाले दियो ५ लाख ११ हजार १ सय ११ रुपैयाँ
images

गोरखा, १० पुस । गोरखाको मानवसेवा आश्रमको भवन बनाउन शहिदलखन गाउँपालिकाले पाँच लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ । आश्रममा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले आश्रम प्रमुख मुना लामालाइ सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने,’ आमा बाबु वा आफ्ना सहारा नभएका बालबालिकाहरु, सडक बालबालिकाहरुको उद्धार गरी जुन पुनित कार्य मानव सेवा आश्रमले गरिरहेको छ, त्यसलाइ साथ दिन शहिदलखन गाउँपालिकाले सहयोग गरेको हो । मानवसेवा आश्रमले गरेको सह्राननीय कामको पालिका हार्दिक धन्यवाद प्रदान गर्दछ । ‘

पालिकाले यस अघि पनि आश्रमलाइ सहयोग गर्दै आएको र धेरै सहयोग गर्ने पालिकामा शहिदलखन रहेको आश्रम प्रमुख मुना लामाले बताइन । प्रदान गरिएको रकमबाट बन्दै गरेको भवनमा एउटा कोठा शहिदलखन गाउँपालिकाको नामबाट निर्माण गरिने उनको भनाइ छ ।

कार्यक्रममा शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले १५ हजार, वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले पाँच हजार नगद सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले, लेखा अधिकृत सन्तोष लामिछाने, वडा अध्यक्षहरु शरण श्रेष्ठ, काशिनाथ अँगाइ, राम प्रसाद लामिछाने, भवन निर्माण समितिका सँयोजक इश्वरकाजी मास्के, मानवसेवा आश्रमका अविभावक शितलकाजी मास्के, स्याम श्रेष्ठ,नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

आश्रममा हाल ४३ जना बालगोपालहरु रहेका छन् । देशभरीका १६ जिल्लामा २६ वडा आश्रममा दुइ हजार भन्दा धेरै नागरिकहरु आश्रम लिएर बसेका छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७८ शनिवार - २०:२७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology