Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज तमू ल्होसार, गाई वर्गको विदाई, बाघ वर्गको स्वागत गरी मनाईदै

आज तमू ल्होसार, गाई वर्गको विदाई, बाघ वर्गको स्वागत गरी मनाईदै

images

इच्छाकामना न्युज

१५, पौष २०७८
आज तमू ल्होसार, गाई वर्गको विदाई, बाघ वर्गको स्वागत गरी मनाईदै
images

काठमाण्डौ, १५ पुस । आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँछन ।

एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले तमू ल्होसारलाई नयाँ बर्षका रुपमा पनि मान्छन । गुरूङ समुदायको बोलीचालीको भाषामा ल्होत्वोवा भनिन्छ । ल्हो (वर्ग) त्वोवा (फर्किनु) अथवा वर्ग फर्किनु पनि भन्ने गर्दछन् । अर्थात्, गुरूङ समुदायको प्ये (शास्त्र) अनुसार गुरूङ समुदायले प्रयोग गर्ने १२ वटा वर्गहरु क्रमानुसार प्रत्येक बर्षको पुष १५ मा परिवर्तन हुने वा फर्की आउने र नयाँ वर्गको सुरूवात हुने भएकोले आजको दिनलाई ल्होसार अर्थात नयाँ वर्षको रुपमा मनाइन्छ ।

गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।

आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ । प्रत्येक १÷१ वर्षमा क्रमानुसार १÷१ वटा ल्हो (वर्ग) पार गर्दै पछि १२ वर्ष पूरा भएपछि पुनः सोही ल्हो (वर्ग) को सुरूवात हुन्छ । यसरी गुरूङ समुदायको ल्हो (वर्ग) पद्धति प्रकृतिको नियम र सिद्धान्तसँग मेल खान्छ । जसअनुसार ल्होसार मनाउने संस्कृतिलाई वैज्ञानिक र सत्यतानजिक रहेको भन्ने तर्क गरेको पाइन्छ । ज्योतिष शास्त्रअनुसार पनि पृथ्वीमा सबैभन्दा लामो दिन र छोटो रात असार १५ लाई मानिन्छ । त्यस्तै सबैभन्दा लामो रात र छोटो दिन पुष १५ लाई मानिन्छ ।

यो पर्व देश तथा विदेशमा रहेका सबै तमूहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन । आज काठमाडौंको टुँडिखेलमा तमू ल्होसार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन । सरकारले आज देशभर तमू ल्होसारका अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०९:२२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology