गोरखा ४, मङ्सिर । गोरखा गण्डकी गाउँपालिकाका १ जना पुरुष सहित आज ७ स्थानिय तहमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको अजिरकोट, आरुघाट, बारपाक सुलिकोट, गण्डकी, सिराचोक गाउँपालिका र गोरखा तथा पालुङटार नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार गण्डकी गाउँपालिका ७ का ५८ बर्षका १ जना पुरुष, अजिरकोट गाउँपालिका ४ का ३० बर्षका १ जना पुरुष, आरुघाट गाउँपालिका ६ का २३ बर्षका १ जना पुरुष, बारपाक सुलिकोट गाउँपालिका ७ र ८ का ३७ र ८९ बर्षका १र१ जना पुरुषमा संक्रमण पुष्टी भएको जनाएको हो ।
त्यस्तै गरी सिरानचोक गाउँपालिका ७ का ३४ बर्षकी १ जना महिला, गोरखा नगरपालिका ६ र १३ का ३२ र ४२ बर्षका १र१ जना पुरुष र पालुङटार नगरपालिका ३ का २३ बर्षिया १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।
संक्रमित मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।
यो सहित गोरखा जिल्लामा संक्रमितको संख्या ६२८ पुगेको छ । साथै जिल्लामा सक्रिय संक्रमित १४४ पुगेको छ । संक्रमणबाट जिल्लामा हाल सम्म ३ जनाले ज्यान गुमाई सकेका छन् ।