लक्ष्मण विश्वकर्मा, दाङ, २० पुस । दाङको तुलसीपुर सहित अन्य बजार क्षेत्र बस तथा मोटरसाइकलहरूको अव्यवस्थित पार्किङका कारण कुरुप बनेको छ । लुम्बिनी प्रदेशको राजधानी भएपनि दाङमा धेरै बिषयहरू व्यवस्थित भइसकेका छैनन् । तुलसीपुर बजार क्षेत्रका साँघुरो सडक, सडकका छेउछाउमा अव्यवस्थीत रुपमा गरिने पार्किङले बजार क्षेत्र नै कुरुप बनेको हो ।
सडकमा जताततै राखिएका व्यापारिक तथा निर्माण सामग्रीका कारण सर्वसाधारण नागरिकलाई हिडडुलमा नै समस्या हुने गरेको तुलसीपुर ३ लाहुरेखोलका मोहनलाल आलेले बताउनुभयो । बजार क्षेत्रमा जथाभावी रुपमा बस, अटो, मोटरसाइकल जस्ता सवारी साधन रोकिदिदा व्यापारीहरू पनि हैरान हुने गरेका छन् । बजार क्षेत्रमा सवारी पार्किङको लागी निश्चित ठाउँ तोकिएको छ ।
सडक पेटीमा व्यापार तथा निर्माण सामग्री नराख्न पनि उपमहानगरपालिकाले बारम्बार आग्रह गर्दै आएको छ । तर नागरिकले यो बिषलाइ कार्यान्वयन नगरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताउनुभयो । स्मार्ट शहरको अवधारणामा रहेको तुलसीपुर उपमहानगरपालिकालाइ बजार क्षेत्र व्यवस्थित बनाउनु चुनौती बनेको छ ।