Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै

चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै

इच्छाकामना न्युज

२०, पौष २०७८
चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै

जनकपुरधाम, २० पुस । केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ ।

images

धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् । 

त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ । पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ । चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ ।

 अत्यधिक चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूको बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताए । 

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुनजेलसम्मको लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको बताए । धनुषाका नगराइन नगरपालिकाले भने मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - २१:१०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology