Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आदिवासी पत्रकार महासंघ फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठको नेतृत्व

आदिवासी पत्रकार महासंघ फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठको नेतृत्व

इच्छाकामना न्युज

२२, पौष २०७८
आदिवासी पत्रकार महासंघ फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठको नेतृत्व
images

हेटौडा,२२ पुस । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ । बिहीबार हेटौँडामा सम्पन्न अधिवेशनबाट रामेछापका श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

images
images

श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौँ) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौँ), सङ्गठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौँ), कोषाध्यक्षमा शङ्कर श्रेष्ठ (धादिङ) चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरूमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा , पासाङ घिसिङ (ललितपुर), रविन्द सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ (रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन हुनु भएको छ ।

२१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एक जना मनोनयन गरिने जनाएको छ । यस्तै दोस्रो प्रादेशिक अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन हुनु भएको छ । 

प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन हुनु भएको छ । भने राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - २१:४३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology