Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

न्युज कारखाना

२२, पौष २०७८
तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह
images

प्रकाश पाक्साँवा, तेह्रथुम, २२ पुस । गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको सायद कमै मात्र सुन्न सकिन्छ ।

images
images

विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका-२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर गरी बेहुली भित्र्याएका छन् । 

बुवा झप्टबहादुर लिम्बु र आमा दिलकुमारी लिम्बुले छोरा सविनले काठमाडौं थानकोट निवासी राजु सेर्पा र कल्पना क्षेत्रीकी छोरी २५ वर्षीया सिम्रन सेर्पासँग हेलिकोप्टर चार्टर गरेर विवाह गरेका छन् ।

गाउँको कुनामा हेलिकप्टरबाट बुहारी भित्र्याउन पाउँदा गर्व लागेको बेहुलाका बुवा झप्टहादुरले बताए । ‘मैले कल्पनासम्म गरेको थिएन आफ्नो बुहारी हेलिकप्टरबाट भित्र्याउँछु भनेर । तर, आज मेरो जेठा छोरा र जेठी बुहारी यो गाउँमा हेलिकप्टरमार्फत भित्र्याउन पाउँदा जीवनकै खुसी भएकोछु,’ उनले भने । 

bi.jpg.jpg

२ लाख ७० हजार खर्च गरी बेहुली भित्र्याएका सविनले भने, ‘सानैदेखि मेरो गाउँमा फरक र ऐतिहासिक ढंगले विवाह गर्ने सोच थियो । आज पुरा भएको छ । मैले कसैलाई देखाउनका लागी हेलिकप्टर चार्टर गरेको हैन ।’ बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् ।

गाउँका सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गर्नु चानचुने कुरा नभएको स्थानीय मनबहादुर खड्काले बताए । ‘योजना बनाउने हो र चाहने हो भने असम्भव नहुने रहेनछ । खर्च जहाँबाट जुटाए पनि जुटाउन सकिँदो रहेछ,’ उनले भने । 

 

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - २१:५६:४१ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology