Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

खानेपानी लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई रकम बुझाएको आठ महिना वित्यो, पोल र ट्रान्सफर्मर आएन

खानेपानी लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई रकम बुझाएको आठ महिना वित्यो, पोल र ट्रान्सफर्मर आएन

न्युज कारखाना

२५, पौष २०७८
खानेपानी लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई रकम बुझाएको आठ महिना वित्यो, पोल र ट्रान्सफर्मर आएन
images

धनुकटा, २५ पुस । धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दासमेत काम भएको छैन । धनकुटाको चौविसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैयाँ बुझाएको थियो । यस्तै चौविसे गाउँपालिका–५ को बोधे बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ३३ लाख ४५ हजार दुई सय ५५ रुपैयाँ प्राधिकरण धनकुटालाई बुझाएको थियो । गत जेठमा रकम बुझाए पनि अहिलेसम्म काम नभएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए । उनले विद्युत प्राधिकरण धनकुटामा कुरा गर्दा जहिले पनि एक हप्ता भनेर टार्ने गरेको गुनासो गरे ।

images
images

बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि ४ वर्षअघि दुवै खानेपानी आयोजनाको काम सुरु भएको थियो । हाल उक्त आयोजनाको काम प्रदेश सरकार अन्तर्गत खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ । खानेपानी डिभिजन कार्यालयबाट सबै काम सम्पन्न भएको र विद्युत प्राधिकरणमा रकम बुझाएको ८ महिना हुँदासमेत उपकरण नपाएपछि पीडा माथि पीडा भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए । मौनाबुधुक खानेपानी आयोजना सञ्चालन भएपछि करिब ५ सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ । 

विद्युत प्राधिकरणले लापरवाही गरेर काम नगर्दा काकाकुल अवस्थामा रहेका स्थानीयलाई पीडा थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए । उनकाअनुसार बोधे खानेपानी योजना सञ्चालन हुँदा करिब ६ सय घरधुरी लाभान्वित हुनेछन् । ‘विद्युत प्राधिकरण जिल्ला शाखा धनकुटाको खातामा गएको जेठ महिनामा लाइन विस्तारका लागि आवश्यक रकम बुझाइएको छ,’ देवानले भने, ‘विद्युत प्राधिकरणले काम अगाडि नबढाउँदा लिफ्टिङ खानेपानी योजनाको सम्पूर्ण कार्यहरुमा अवरोध आई योजना सञ्चालन स्थगित हुन गएको छ ।’ काम यथासिघ्र सुचारु गर्न भन्दै ज्ञापन पत्र समेत बुझाएको भए पनि प्राधिकरणले वास्ता नगरेको देवानको गुनासो छ । देवानले प्राधिकरणले बोधे र मौनाबुधुकको लागि आएको पोल हिले पठाएको गुनासो गरे ।

यता विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रहलाद पोख्रेलले रकम जम्मा भएको ८ महिना भए पनि प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको बताए । उनले पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभइ कतै पनि नभएको बताउँदै धनकुटामा खानेपानी, सडक, टेलिकमको धेरैवटा काम बाँकी रहेको बताए । पैसा जम्मा भएको तर, पोल र ट्रान्सफर्मर अभावको कारण काम नभएको निकै वटा काम भएको पोख्रलको भनाइ छ । 

‘५०/६० वटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो,’ पोख्रेलले भने, ‘अब आउँदैछ, त्यो बुधुक र बोधेको खानेपानीकै लागि पठाउने हो ।’ खानेपानीको समस्या छ चौविसेमा भन्ने कुरा थाहा भए पनि सामानै नभएर काम गर्न नसकेको पोख्रेलले बताए । पुसभित्रै काम सक्नेगरी पहल गरिरहेको उनको भनाइ छ । 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १०:३४:५८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology