Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालको एउटा यस्तो गुरुङ गाउँ जहाँ दशैँमा मात्र बिहेवारी हुन्छ

नेपालको एउटा यस्तो गुरुङ गाउँ जहाँ दशैँमा मात्र बिहेवारी हुन्छ

पत्रपत्रिका

१६, माघ २०७८
नेपालको एउटा यस्तो गुरुङ गाउँ जहाँ दशैँमा मात्र बिहेवारी हुन्छ

शिव उप्रेती, गोरखा, १६ माघ । यो माघ, बिहेको लगनको महिना, धेरैले विधिवत रुपमा जीवन साथी पाउँदैछन् । यसपछि फागुन, बैशाख, मङ्सीर र अन्य महिनामा पनि धेरैको घरजम हुँदैछ ।
तर गोरखाको त्यो उत्तरी क्षेत्र, जहाँ दशैँमा मात्र विधिवत बिहे हुने गर्छ । परापूर्वकालदेखिको यो परम्परा विशेषगरी धार्चे गाउँपालिकाको वडा नंं ४ लाप्राक, वडा नं. ३ उहिया, खोर्ला, वडा नं. ५ गुम्दा, यमगाउँ, लप्सीबोट, सिङ्ला, माछीखोला, वडा नंं ७ लापु, लापुवेशी, खानीगाउँ खानीवेशी, भीरकुनालगायतका गाउँहरुमा विद्यमान छ ।

images

‘मन मिलेपछि केटाले केटी त जहिल्यै पनि लान्छ तर रीतिथिति अनुसारको बिहेचाहिँ दशैँको टिकाका अघिल्लो दिन र टिकाको दिनमा मात्र हुन्छ’, लाप्राकका ८३ बर्षका लालबीर गुरुङ भन्छन्, ‘यदि दशैँमा पनि सम्भव भएन भने कसैकसैले तिहारको टिकाको दिनमा पनि गर्छन् ।’ विधिवत रुपमा विहे गरेपछि मात्र ती दम्पत्तिको बिहेले मान्यता पाउने उनले बताए ।

बोन धर्म मान्ने गुरुङ र घले समुदायको बाहुल्यता रहेको यी गाउँहरुमा केही विश्वकर्मा समुदायको पनि बसोबास रहेको छ । यहाँ प्राय मायाप्रेमबाट बिबाह हुने गर्छ । ‘केटा र केटीको मन मिलेपछि केटाको बाबुआमाले आनापोम रक्सीको सगुन दिएर बिहेको प्रस्ताब राख्छन्’, अर्का ८१ बर्षका नन्दलाल गुरुङ भन्छन्, ‘केटीका बुबाआमाले रक्सीको पोम हात थापे भने बिबाहको प्रस्ताब स्वीकार गरेको ठहर्छ । हात थापेनन् भने बिबाहको प्रस्ताब स्वीकार गरेनन् भनेर बुझ्नुपर्छ ।’

केटा र केटीको मन मिल्यो भने बुबाआमाको सहमति नभए पनि बिहे हुन्छ । ‘बुबाआमाको सहमतिबिना केटाकेटीको मन मिलेर बिहे गरे पनि आउँदो दशैँमा रीत बुझाएर बिहे गर्नैपर्छ’, नन्दलाल गुरुङ भन्छन्, ‘देश विदेशमा गएका रहेछन् र पहिलो दशैँमा घर आउन मिलेन भने पनि कुनै न कुनै दशैँमा आएर रीत पु¥याउनै पर्छ । अहिलेसम्म रीत नपु¥याएको कसैको पनि छैन । सबैले पु¥याएकै छन् ।’

दशैँको टिकाको दिनमा केटाको घर पक्षबाट केटीको माइतीपक्षको बुबा तथा मावलीका खलकलाई पुग्ने गरी रोटी, रक्सी र भेँडाबाख्राको फिला सगुन लाने र टिकाटाला गर्ने, भोज खाने चलन छ । त्यसपछि मात्र बिबाहले मान्यता पाउने स्थानीयबासीको भनाइ छ । बिबाहमा सकसपूर्ण दाइजोको भने चलन छैन । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १३:२७:०४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology