Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आदिकवि भानुको घर भग्नावशेषमा परिणत 

आदिकवि भानुको घर भग्नावशेषमा परिणत 

सिआईएन

२२, माघ २०७८
आदिकवि भानुको घर भग्नावशेषमा परिणत 

अमरराज नहर्की, तनहुँ, २२ माघ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तिर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको तनहुँको भानु नगरपालिका–४ स्थित घर आगोलागीले खण्डहर भएको वषौं बितेपनि  पुनर्निर्माण गरिएको छैन ।  

images

आदिकविको घर भग्नावशेष मात्रै रहेको देख्दा देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक निरास भएर फर्कने गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले भानुलाई सम्मान गर्न नसकेकोले घरको पुर्ननिर्माणमा ध्यान पुगेको छैन ।

भानुभक्तको घर भग्नावशेष मात्रै देख्दा मन अमिलो भएको गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदाशले बताउनुभयो । भानुको घरलाई पुर्नर्निमाणमा ध्यान नदिनु भनेको भानु प्रतिको अपमान भएको अध्यक्ष अधिकारीको भनाई छ ।

अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सर्पोट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी भग्नावशेष घर देख्दा भानुलाइ सम्मान हुन नसकेको अनुभूति भएको बताउनुहुनछ । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको अनुभूति भएको उहाँले बताउनुभयो ।  

तत्कालिन भानु जन्मस्थल विकास समितिले ०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो ।  वि.सं. २०५७ मा चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुर्ननिर्माण गर्नु भएको थियो ।

जङ्गलबीचको खरको छानाको उक्त घर वि.सं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । जलेको १८ वर्ष वितिसक्दा पनि भानुको घर पुर्ननिर्माण हुन सकेको छैन । भानु–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारीभाटलेस्थानीय तहले मात्रै घरको पुनर्निर्माण गर्न कठिन भएकाले सङ्घीय वा प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । थप बलियो र नभत्किने बनाउनको लागि लाग्ने खर्च जुटाउन सकेको खण्डमा छिटै उक्त घरको पुननिर्माण गर्ने उहाँले बताउनुभयो ।  

त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा.रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खनन्को क्रममा घडेरी सम्मको जगको अवशेष, मुलढोकाको सङ्घार, थाम अड्काउने इलम, ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतका सामग्री फेला पारिएका र सो सामग्री सबै चुँदीरम्घबेंसी स्थित भानुभक्त विकास समितिको कार्यालयमा राखिएको छ । 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - १७:४२:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology