Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जनयुद्धका सहिद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी

जनयुद्धका सहिद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी

इच्छाकामना न्युज

२८, माघ २०७८
जनयुद्धका सहिद परिवारलाई तीन लाख दिने मधेश प्रदेश सरकारको तयारी
images

जनकपुरधाम, २८ माघ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ ।

images
images

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका सहिद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही एक लाख र दास्रो चरणमा दुई लाख गरी जम्मा तीन लाख दिने निर्णय गरिएको छ ।
 
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेश सहिद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही एक लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखि जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका सहिद तथा ज्यान गुमाएकाहरुको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेश प्रदेशबाट करिब ६ सय त्यस्ता व्यक्तिहरू छन् जो जनयुद्धका क्रममा सहिद र ज्यान गुमाएका छन् ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो । त्यस्तै, जनयुद्धका सहिद भएका परिवारजनलाई मधेश सरकारले एक लाख दिने तयारी गरेको ती कर्मचारीले बताए । 

जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी सहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए । 

 

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १९:५७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology