Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना माईको मन्दिर सर्वसाधारणको लागि खुला गर्न नेविसंघ शहिदलखनद्वारा प्रजिअलाई ज्ञापन पत्र

मनकामना माईको मन्दिर सर्वसाधारणको लागि खुला गर्न नेविसंघ शहिदलखनद्वारा प्रजिअलाई ज्ञापन पत्र

इच्छाकामना न्युज

१५, मंसिर २०७७
मनकामना माईको मन्दिर सर्वसाधारणको लागि खुला गर्न नेविसंघ शहिदलखनद्वारा प्रजिअलाई ज्ञापन पत्र

गोरखा, १५  मङ्सिर । प्रसिद्ध धर्मिक स्थल मनकामना मन्दिर खुलाउन मा गर्दै नेपाल बिधार्थी संघ गोरखाले ध्यानकर्षण गराएको छ । नेपाल बिद्यार्थी संघ शहिद लखन गाउँपालिका इकाई समितिले आइतबार गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै मन्दिर खुल्ला गर्न पहल गर्न माग गरेको हो ।

images

इकाईले प्रजिअ तिर्थराज भट्टराईलाइ ज्ञापन पत्र बुझाउदै ‘बन्दाबन्दीले शहिद लखन भित्रको मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद लगायतका अन्य धार्मिक स्थलहरु बन्द हुदा स्थानीयको रोजीरोटी समेत गुमेको भन्दै आवश्यक सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरि यस क्षेत्रको चर्चित मनकामना मन्दिर लगायतका सबै धार्मिक स्थलहरु नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ ।

ज्ञापन पत्रमा बन्दका कारण ब्यापार, ब्यवसाय तथा उद्योग र साँस्कृतिक गतिबिधि शुन्य प्राय भएको भन्दै यसको मारमा सयौ सर्वसाधारण परेको उल्लेख गरिएको छ । कोभिडका बिचमा अहिले क्याम्पस, विद्यालय, ब्यापार, ब्यवसाय, उद्योग एवं साँस्कृतिक गतिविधिहरु सुरक्षाका उपाय अपनाएर सञ्चालनमा रहेको भन्दै मन्दिर सञ्चालनका लागि नेबिसंघ प्रशासनलाई समन्वय र सहयोग गरिदिन आग्रह गरेको हो ।

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - ०९:३४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology