Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिँदै, तर आँबुखैरेनीमा भने पर्न सकेन

आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिँदै, तर आँबुखैरेनीमा भने पर्न सकेन

इच्छाकामना न्युज

१५, मंसिर २०७७
आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिँदै, तर आँबुखैरेनीमा भने पर्न सकेन

काठमाण्डौ, १५ मंसिर । स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन थालेको हो। 
आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ। सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरिसकेको छ। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सातवटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने जानकारी दिनुभयो। सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो। अहिले संघमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ। 
७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै छैनन्। तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो। 
यसैबिच पहिलो चरणमा देशभरका ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास हुदै गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिकामा भने परेको छैन। आँबुखैरेनी आसपासका स्थानीय तहहरुमा अस्पताल शिलान्यास हुदै गर्दा एउटा पनि सरकारी आधारभुत अस्पताल नभएको तनहुँको आँबुखैरेनी गाउँपालिका भनेको छुटेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।  

images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - ०९:५२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology