Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

हलेसी तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब साँढे २० हजार

हलेसी तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब साँढे २० हजार

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
हलेसी तुवाचुङ नगरपालिकामा विद्यालय कर्मचारीको तलब साँढे २० हजार
images

खोटाङ, १७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयका कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलव बढाएको छ । चालु चौमासिकदेखि कार्यान्वयनमा आउनेगरी नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायीक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलव बढाएको हो । 

images
images

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक तलव १५ हजार, सामुदायीक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको मासिक तलव १५ हजार र विद्यालय कर्मचारीको तलव २० हजार ५०० पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याए अनुसार तलव बढाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको प्रोत्साहनका लागि मासिक एक हजार खाजा भत्ता दिँदैआएको थियो । तलव बढ्दा सहयोगी कार्यकर्ता, कार्यालय सहयोगी र विद्यालय कर्मचारी उत्साहित छन् । 

बजेट भाषण कार्यान्वयनका लागि अर्थमन्त्रालयले २० जेठ २०७८ मा स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, कतिपय स्थानीय तहमा नेपाल सरकारको बजेट भाषण र अर्थमन्त्रालयको परिपत्र अनुसार सामुदायीक विद्यालयमा कार्यरत लेखापाल, परिचर तथा बालबिकास सहयोगी कार्यकर्ताको तलव वृद्धि कार्यान्वयनमा दुविधा देखिएको छ । कुनै स्थानीय तहले प्रारम्भिक वालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको तलव वृद्धि गर्दा र कतिपयले नगर्दा एउटै कामको सेवासुविधामा असमानता सिर्जना भएको देखिएको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:४६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology