Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन सहित गोरखाका ८ वटा स्थानीय तहमा अस्पताल बन्ने, आज शिलान्यास हुदै

शहिद लखन सहित गोरखाका ८ वटा स्थानीय तहमा अस्पताल बन्ने, आज शिलान्यास हुदै

इच्छाकामना न्युज

१५, मंसिर २०७७
शहिद लखन सहित गोरखाका ८ वटा स्थानीय तहमा अस्पताल बन्ने, आज शिलान्यास हुदै

गोरखा १५, मंसिर । गोरखा शहिद लखन गाउँपालिका सहित जिल्लाको ८ स्थानिय तहमा बन्ने अस्पताल आज शिलान्यास हुदै छ ।
जिल्लाको शहिदलखन, अजिरकोट, चुमनुब्री, धार्चे, भीमसेन थापा, आरुघाट,  सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा अस्पताल आज शिलान्यास हुन लागेको हो ।
सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल २ वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा आज एकैदिनमा अस्पताल निर्माणको शिलान्यास गर्न लागेको छ । ५, १० र १५ शैय्याको आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।
आज देश भरको ३९६ स्थानिय तहमा निर्माण हुन लागेको अस्पतालको एकै पटकमा शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १०:२६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology