Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको देवघाटमा १० शैयाको अस्पताल बन्ने, सांसद किसान श्रेष्ठले गरे शिलान्यास

तनहुँको देवघाटमा १० शैयाको अस्पताल बन्ने, सांसद किसान श्रेष्ठले गरे शिलान्यास

आशिक राना

१५, मंसिर २०७७
तनहुँको देवघाटमा १० शैयाको अस्पताल बन्ने, सांसद किसान श्रेष्ठले गरे शिलान्यास

देवघाट, १५ मंसिर 
तनहुँको देवघाट गाउँपालिकामा १० शैयाको अस्पताल बन्ने भएको छ। संघीय सरकारको लगानीमा देवघाटमा १० करोड ८५ लाखको लागतमा देवघाट वडा नम्बर ५ मा आधारभुत अस्पताल बनाउन लागिएको हो। 
सो अस्पतालको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरे। अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकारले स्वास्थ्यको क्षेत्रमा क्रान्ती नै गरेको बताए। एकैसाथ देशैभर अस्पतालको शिलान्यास हुनु निकै गौरबको विषय भएको सांसद श्रेष्ठको भनाई थियो। अस्पतालको निर्माणपछि अव देवघाटका जनता आधारभुत स्वास्थ्य सेवाको लागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने सांसद श्रेष्ठको भनाई थियो। देवघाटमा पछिल्लो समय विकासका कामहरुले निकै फड्को मारेको भन्दै श्रेष्ठले देवघाटलाई साच्चिकै हेर्न र घुम्न लायक बनाईने बताए। 

images

128427069_390685992134471_6041088066221255300_n.jpg
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सबैको सहयोगमा देवघाटमा १० शैयाको आधारतभुत अस्पताल निर्माणकोलागि स्विकृत भएको जानकारी दिए। २ रोपनी अक्षेत्रफलमा बन्ने सो अस्पतालकोलागि संघीय सरकारबाट १० करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ। अस्पतालको डिपिआर अन्तिम चरणमा भएको हुँदा अव चाँडै नै टेन्डर निकाली काम सुरु गर्ने गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए। 
वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवत्ता यालबहादुर गुरुङले देवघाटमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु गौरवको विषय भएको भन्दै यसकोलागि पहल गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। 

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १९:१३:४५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology