Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

छोरीलाई, सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

छोरीलाई, सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
छोरीलाई, सम्पती दिने परिवारलाई हिमा गाउँपालिकाको सम्मान
images

दिलमाया शाही, जुम्ला, २८ फागुन । हिमागाउपालिकाले  छोरीलाई  सम्पती दिने  परिवारलाई सम्मान गरेको  छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत  छोरीलाई पनी छोरा सम्मान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो ।  पालिकाले गाउँपालिका भित्रका छोरीलाई  सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन ।  उनले भनिन्  नेपाल सरकारको छोरा हुन वा  छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गनृका लागी  छोरीलाई  सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।  

images
images

उपाध्यक्ष रोकायाका अनुसार  सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नु पर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो  उपाध्यक्ष रोकायाले भनिन्,”। छोरी  जन्मिदै विभेदका शिकार बनेका छन् । छोरीमाथी  गरिने यस्ता खलका विभेदको अन्त्ये गर्नका लागी   नारी दिवसको अवसरमा  छोरीलाई सम्पती दिने र छुईहुदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो ।  रोकायाले भनिन्  सम्मान पाउनेमा जिरु रोकाया,  खम्मा शाही,  देबुसुनार  ,मुगा शाही  डुगल शाही,  आनन्द शाही , रहेका छन । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले  भनिन् हाम्रो समाजमा  छोरा जन्माउनकै लागी  धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । उनले भनिन्,” यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन,पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई  मानसिक यातना दिएको छ ।

छोरीले अंश पाउने कानुन कार्यन्वयन छैन  
उपाध्यक्ष रोकायाले भनिन्,“छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकाँश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् । 

छोरा हुदा हुँदै पनि छोरिलाइ सम्पति  दिने अभिभाकलाइ सामाजिक हिसाब  छोरा छोरि बरा वर हो भन्ने चेतना फैलाउना र  पैत्रिक सम्पतिमा  छारीको अधिकार  स्थापित  गराउनकै लागी  छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो ।  हाम्रो समाजमा रहेको अलिखित कानुन  जसले गर्दा  छोरी  घरपरिवार बाटै हिंसित बनेका छन । 

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखीएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख  कृष्णा सावकोछाले बताए ।  उनले भने,  छोराका कारण एक दर्जन छोरीको जन्माउने गरेको पाइन्छ  । जसले गर्दा आर्थिक र शरिरिक अवस्था कमजोर  हुन्छ  । ,महिला बिरमी  पर्छन र अकाल्मै मुत्यु हुने  गरेको छ ।

गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरिति हटाउन  हिमागाउपालिकाले जनचेतनामुलक अभियान मार्फत  छोरीलाई प्रोत्साहन गर्नकै लागी यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले खुसि ब्यक्त गरिन । उनले भनिन,”विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आबश्यक  । 
छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ ।

तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन ,भन्ने कटुयथार्थ हो । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्ध भएका  कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी  देखिन्छ  ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १५:२०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology