Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नाबालिका बलात्कारकाे आराेपमा खत्री पक्राउ

नाबालिका बलात्कारकाे आराेपमा खत्री पक्राउ

इच्छाकामना न्युज

१, चैत्र २०७८
नाबालिका बलात्कारकाे आराेपमा खत्री पक्राउ
images

उदयपुर, १ चैत । उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नाै वर्षीया नाबालिका बलात्कारकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 

images
images

नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेकाे आराेप छ । घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए । 

खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेकाे खुलेको छ । पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका हुन्प । जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएकाे हाे । 

घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - २१:४५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology