Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आफैले पढाउने नाबालिका विद्यार्थीलाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा चितवनका एउटै विद्यालयका २ शिक्षक पक्राउ

आफैले पढाउने नाबालिका विद्यार्थीलाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा चितवनका एउटै विद्यालयका २ शिक्षक पक्राउ

इच्छाकामना न्युज

२५, चैत्र २०७८
आफैले पढाउने नाबालिका विद्यार्थीलाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा चितवनका एउटै विद्यालयका २ शिक्षक पक्राउ
images

चितवन, २५ चैत । चितवनमा बाल यौन दुव्र्यबहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार भरतपुर महानगरपालिका १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका शिक्षक ५८ वर्षीय फणीन्द्र भट्टराइ र ५२ वर्षीय बिमल प्रसाद देवकोटालाई पक्राउ गरिएको हो ।

images
images

भट्टराइले कक्षा ४ मा अध्यनरत अन्दाजि बर्ष १३ कि नाबालिकालाई र देवकोटाले कक्षा ६ मा अध्यनरत बर्ष १२ की नाबालिकलाई कक्षामा पढाउने क्रममा बिभिन्न बहाना बनाउँदै संबेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाउने गरेको भन्दै दुबै नाबालिकाको अभिभावकले चैत २४ गते जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी परेपछि प्रहरीले दुबैजना शिक्षकहरुलाई सोही दिन पक्राउ गरी चितवन जिल्ला अदालतबाट आज म्याद अनुमती लिई थप अनुसन्धान कार्यभई रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । पटक पटक यौन दुव्र्यवहार गर्ने गरेका यी दुइ शिक्षकलाई कडा कारवाही गर्न माग गर्दै विद्यार्थी र अभिभावक जिल्ला प्रहरी कार्यालय चितवन आएका थिए ।

 

 
 
 

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २१:४९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology