Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना मन्दिर सर्वसाधारणको लागि पूजा गर्न खुल्ने भएपनि बलि दिन भने रोक

मनकामना मन्दिर सर्वसाधारणको लागि पूजा गर्न खुल्ने भएपनि बलि दिन भने रोक

चित्र बहादुर गुरुङ

२४, मंसिर २०७७
मनकामना मन्दिर सर्वसाधारणको लागि पूजा गर्न खुल्ने भएपनि बलि दिन भने रोक

मनकामना, २४ मंसिर । देशकै चर्चित धार्मिक स्थल मनकामना माईको मन्दिरमा बलि चढाउन रोक लगाउने भएको छ। कोभिड १९ संक्रमणका कारण ९ महिना देखि बन्द रहेको मन्दिर यहि मंसिर २८ गते आईतबार देखि खुल्ने भएपनि बलि चढाउन भने रोक लगाउने भएको हो। 
मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले सर्वसाधारणको लागि पुजा गर्न विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खुला गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक लेविन्द्र गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार मन्दिरमा पञ्चबली दिनका लागि रोक लगाउने निर्णय भएको हो। 
यस्तै समितिको विभिन्न निर्णय अनुसार विशेष पुजा गर्न र लाखबत्ति बाल्न पनि रोक लगाईएको निर्देशक गुरुङले बताउनुभयो। ‘अहिलेलाई बलि दिन, विशेष पुजा गर्न, लाखबत्ति बाल्नका लागि पुरै रोक लगाईएको छ भने दर्शनार्थीको ज्वरो नाप्ने, व्यक्तिगत विवरण राख्ने, भौतिक दुरी कायम गरेर पुजा गर्ने व्यवस्था गर्न लागेका छौं’ –उहाँले भन्नुभयो।
यसैगरी दर्शनार्थीको लाईनमा कम्तिमा ४० मिटरको फरकमा साबुन पानी र सेनिटाईजरको व्यवस्था, मनकामना बजार क्षेत्र प्रवेश गर्ने ४ वटै नाकामा मास्क अनिवार्य प्रयोगको लागि चेकजाँचको समेत व्यवस्था गर्न लागिएको पनि उहाँले बताउनुभयो। साथै मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। 
कोभिड १९ को संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले गत चैत ८ गते देखि मनकामना माईको मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाएको थियो। 

images


केवुलकार पनि सञ्चालनमा आउने
मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले बताए ।

mausam.jpg
‘मर्मत संभारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवेयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उनले भने । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर ९एसओपी०’ निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार केवुलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं,’ शेरचनले भने । केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने उनले बताए ।

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - ०९:१९:०८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology