चितवन, २२ जेठ । मानव अधिकार तथा शान्ति समाज चितवनले वृक्षारोपण गरेको छ । आज जुन ५ तारिखको दिन परेको विश्व वातावरण दिवसको अवसर पारेर समाजले वृक्षारोपण गरेको हो।
समाजले नवजागृति वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेर दिवस मनाएको मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शुम्भु राउतले जानकारी दिए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष भवानी अधिकारी, सदस्यहरु पुर्ण चन्द्र चापागाईं, रीतु न्यौपाने, रबिन खतिवडा, तारा पौडेल, सुप्रिया सापकोटा, ऋषि खनिया, विश्व राज ढुङ्गाना लगायतको सहभागिता रहेको थियो