चितवन, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा समाजले आज भरतपुरमा रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम करिब ३ घण्टा संचालन भएको थियो। सो अवधिमा करिब ३३ जनाले रक्तदान गरेको आयोजक मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिए।

कार्यक्रममा समाजका केन्द्रीय सचिव बाबुहरी आचार्य, शाखा उपसभापति बिन्दु खनाल, शाखाका सदस्यहरु रीतु न्यौपाने, तारा पौडेल, रबिन खतिवडा, जीवन केसी, संसार चन्द्र न्यौपाने लागायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन कार्य समिति सदस्य पुर्ण चन्द्र चापागाईंले गरेका थिए।