Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र : प्रमुख आचार्य

स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र : प्रमुख आचार्य

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र : प्रमुख आचार्य
images

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गर्नुभएको छ । शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले बताउनुभयो ।

स्वर्गीय शेरचनको ७६ औँ जन्मजयन्तिका अवसरमा उहाँको शालिक निर्माणार्थ पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले स्वर्गीय शेरचन गतिसंगितको क्षेत्रका अलौकिक बिम्ब भएको उल्लेख गर्नुभयो ।

01 (1).JPG

अरुलाई अगाडी सारेर आफु पछाडी बस्ने स्वाभावका शेरचनको सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रमुख आचार्यले पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निन्तर लागिरहने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरुको कुम्भमेला भनेको छ । सो क्रममा विभिन्न लोकसंस्कृतिर्कीहरुलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरुको प्रत्यक्ष सहभागीता रहेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०८:०७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology